रेखा थापा स्टारर फिल्म 'रामप्यारी' को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा रेखा थापाको टेम्पो चालक वाला मजदुर अबतारसँगै एक्शन समावेश छ । रेखाले आफुलाई कलियुगको रामको रुपमा ट्रेलरमा उतारेकी छिन् ।
ट्रेलरमा अभिनेता सविन श्रेष्ठ भन्दा नव अभिनेता आभाष अधिकारी हाबी छन् । चैत्र २६ मा रिलिज हुने यो फिल्मको सार्वजनिक ट्रेलरलाई कमर्सियल मानिएको छ । 'रामप्यारी'मा लगानी पनि रेखाको नै हो भने निर्देशन सविर श्रेष्ठको छ ।
यसअघि सार्वजनिक गीतहरुले हाईप बनाउँदै गर्दा शिवरात्रीको अबसर पारेर फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । रिलिज मिति नजिकिँदै गर्दा प्रचारलाई तिब्रता दिने सुरमा रेखा छिन् ।

