Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

'आवेग' गीतमा छल्केको ध्रुब र पवित्रा प्रेम (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/03/06
चैत्र १२ लाई प्रदर्शन मिति तोकिएको फिल्म 'आवेग'को नयाँ गीत रिलिज भएको छ । प्रचारलाई गति दिन नसकेको निर्माण टिमले आईतबार गीत सार्वजनिक गरेको हो । 
 
सार्वजनिक 'चाहे झुटो कसम' बोलको गीतमा अभिनेता ध्रुबदत्त र अभिनेत्री पवित्रा आचार्य फिचरिङमा छन् । बसन्त निरौला निर्देशित फिल्मको सार्वजनिक गीतमा संगीत धिरज श्रेष्ठको छ भने कोरियोग्राफी कविराज गहतराजको छ । फिल्ममा लगानी भने झमक नारायण घिमिरे, धनसिंह केसी र राजेश्वर श्रेष्ठको छ ।
 
अष्ट महर्जनको द्वन्द्व समावेश फिल्म किरण माईकलको कथामा तयार भएको हो । फिल्मलाई पुरुटोत्तम प्रधानले खिचेका छन् । फिल्ममा पवित्रा र ध्रुबसँगै आर्यन सिग्देल, रमेश बुढाथोकी लगायत लिड रोलमा छन् ।
 
Most Visited News (monthly)