
नेपालमा अभिनेता अभिनेत्रीको स्टारडमको चर्चा जहिले भईरहन्छ, तर स्टारडम र स्टार पावर के हो भन्ने विषयमा कमैले जानकार राख्छन् । पछिल्लो समय नेपालमा स्टारडम भएका कलाकार खासै नभएको चर्चा भईरहँदा, युवा स्टार अनमोल केसीले आफ्नो स्टारडम प्रमाणित गरेका छन् । प्रदर्शनरत फिल्म 'ड्रिम्स'को आक्रामक बिजनेस, फिल्म हेर्न हलमा उर्लेको भिडले उनको स्टारडमलाई छर्लङ् पारेको छ ।
प्रशंग जोडौं, अनमोल केसी शनिबार राजधानीको हल-हलमा पुगेको कुरा । राजधानीको गोपिकृष्ण हलमा विहानी शो छुटेर दिनको शो सुरु हुँदैगर्दा अनमोल हलमा पुगे । एक्लै होईन् कि प्रहरी फोर्स अनि चार जना बडिगार्ड सहित । कुनै पनि नेपाली कलाकारले हलमा पुग्दैगर्दा यो सुरक्षा रणनीति अपनाएको सायदै पहिलो हो । अघि अघि प्रहरीको भ्यान अनि कालो गाडी चढेर जब उनी हलमा प्रवेश गरे, तब उनलाई देख्नासाथ उनका शुभचिन्तक तथा दर्शक, (फ्यान)हरु अनमोल अनमोलको नारा लगाउन सुरु गरे ।

अनमोल गाडीबाट बाहिर निस्किँदैगर्दा नै उनलाई दर्शकले घेरे, सेल्फी लिए, फोटो खिचे । भिड सम्हालि सक्नुभएन् । तब विशेष सुरक्षा सहित पुगेका उनलाई प्रहरीले सकर्टिङ गरेर भिडबाट बाहिर निकाल्दै प्राङ्गणभन्दा माथी लगियो । तब अनमोल बोले, 'लभ यु अल' । अनि उनको प्रतिउत्तरमा 'लभ यु टु अनमोल' त कतै 'माई ड्रिम व्वाई अनमोल' भन्दै हुटिङ र पुनः अनमोल अनमोलको नारा घन्कियो । रिप्लाई फर्काउनेमा अधिकांश किशोरीहरु देखिन्थे । अनि अनमोलले दर्शकलाई पृष्ठभुमीमा राख्दै सेल्फी लिए । आक्रामक भिडका कारण गोपिकृष्णमा १० मिनेट मात्रै बसेर उनी बालाजु बाईपास स्थित 'अष्टनारायण हल' पुगे ।

अष्टनारायण हलका तीन पर्दा 'ड्रिम्स' दर्शकले भरिभराउ थिए । फिल्मको चलिरहेको शो रोकेरै हलमा अनमोल प्रवेश गरे, तब पर्दामा उनलाई हेरिरहेका दर्शकले प्रत्यक्ष देख्नासाथ हुटिङ सुरु गरे । फिल्म रोक्दा सुनसान बनेको हल 'अनमोल' अनमोल' शब्दले गुञ्जायमान भयो । त्यहाँ पनि दर्शकप्रति मायाका शब्द पोख्दै आगामी दिनमा थल राक्रा फिल्मसहित आफु आउने अनमोलले बोले अनि दर्शकसँग गोपिकृष्णमा झैं सेल्फी लिए ।

शनिबार प्रदर्शनको अबसर पाएका देशभरका सबै हलमा 'ड्रिम्स'ले सत प्रतिशत अकुपेन्सी सहित हाउसफुल बिजनेस गर्नुको पहिलो कारण अनमोल अभिनित फिल्म हुनु हो । जसले तीन वटा मात्रै फिल्म खेलेका उनको स्टारडम प्रमाणित गरेको छ । अनि प्रमाणित गरेको छ कि 'नेपालमा पनि स्टारपावर भएका अभिनेता छन्' जसको नामले नै फिल्म हिट हुन्छ ।' बलिउडमा सलमान खान, शाहरुख खानहरुको नामले नै उनीहरुका हरेकजसो फिल्मले ईनिसियल बिजनेस गरेझैं अनमोलले पनि नेपालमा त्यो कुरा छर्लङ्ग पारिदिए ।
सुपरस्टार शैलीमा फ्यान क्रेज पाएका अनमोलको 'ड्रिम्स' हेर्न मल्टिप्लेक्सदेखी सिंगल थिएटरमा समेत उर्लेको मानवसागरले डेब्यु निर्देशन गरेका अनमोल पिता भुवन पनि उत्साहित देखिए । फिल्मले दुई दिनको बिजनेसबाट नै लगानी सुरक्षित गर्ने लक्षण देखाएको छ । पहिलो दिन ७० लाख आसपासको ग्रस बिजनेस गरेको फिल्मको शनिबारको बिजनेस १ करोड बढी हुने अनुमान छ ।
तश्विरहरुः कमल प्रसाईं (मज्जाकोअनलाईन डटकम)

