Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

युट्युव मार्फत 'कबड्डी कबड्डी' पाईरेसी, निर्माण युनिट तनाबमा

फिल्मीखबर, काठमाडौं, 2016/03/06
बर्ष २०७२ को हिट फिल्म 'कबड्डी कबड्डी' पाईरेसी भएको खबर छ । विदेशमा प्रदर्शनको लागी उपलब्ध गराएको कपी फाईल नै युट्युव मार्फत पाईरेसी भएको निर्माण युनिटले बताएको छ ।  फिल्म युट्युवमा आएपछि तनाबमा आएको निर्माण टिम अहिले युट्युवबाट फिल्म हटाउने कसरतमा जुटेको छ । 
 
फिल्म शनिबार बिहान युट्युवमा आएको बताईएको छ । तर निर्माण टिमले भने साँझ मात्रै जानकारी पाएको थियो । सुरुमा एक च्यानलबाट युट्युवमा आएको फिल्म त्यसपश्चात लगातार अन्य च्यानलमा समेत आईरहेको छ । विदेशका विभिन्न शहरमा प्रदर्शनको लागी अफिसियल रुपमा अधिकार लिएकाहरुलाई फिल्म पईरेसीले ठुलो घाटा हुने देखिएको छ । युट्युवमा आएपछि धेरैले फिल्म डाउनलोड गरेको अनुमान छ ।
 
आईतबार साँझसम्म अनाधिकृत रुपमा अपलोड भएको फिल्मलाई युट्युवबाट हटिसक्नौ बताईएको छ । निर्ण टिमले पठाएको 'लिगल ईन्फर्मेसन'का आधारमा युट्युवले फिल्म हटाउन सक्छ ।  रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङ राई। सौगात मल्ल, रिश्मा गुरुङ लगायत लिड रोलमा छन् ।
Most Visited News (monthly)