Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15343 - 15348 of 24018
फिल्मीखबर, काठमाडौं, 2016-01-07, बिहिवार

बहु चर्चित तथा प्रतिच्छित फिल्म 'बागमती' शुक्रबारबाट रिलिज हुँदैछ । निकै हल्लीखल्ली र प्रचारकासाथ प्रदर्शनमा आउन लागेको यो फिल्मले सोलो रिलिजको अबसर पाउनु आशा गर्ने ठाउँ हो । किनकी अन्य हप्ता एकसाथ तीनदेखी चार फिल्मसम्म भिड्ने नेपाली फिल्म उद्योगमा एक्लै फिल्म रिलिजको अबसर पाउनु एक प्रकारको सफलता नै हो ।

फिल्मीखबर, काठमाडौं, 2016-01-07, बिहिवार

माघ २२ गतेबाट देशभर रिलिज हुने फिल्म विन्दास ३ को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्ममा अश्लिल दृश्य राख्न माहिर मानिएका निर्देशक गिरीले यसपटक पनि यसलाई छाडेका छैनन् । तर, पहिलेको सिक्वेलको तुलनामा यसमा  यस्ता दृश्य नभएको राजुको भनाई छ ।

फिल्मीखबर, काठमाडौं, 2016-01-07, बिहिवार

फिल्म 'ठमेल डटकम' चल्ने बेलामा, एउटा खबर सार्वजनिक भयो थियो, जसमा फिल्मका मुख्य कलाकार अनुपविक्रम शाही र उनकी प्रेमिका मलिना जोशीको व्रेकअप भयो । मलिना अमेरिका गएर नफर्किएपछि अनुप उनीसँग चिडिएको र अलग भएको खबर बाहिर आएको थियो । खबर, सार्वजनिक भएको केही समयमा नै मलिना नेपाल आइन् । अहिले अनुप र मलिना एकसाथ देखिन पनि थालेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2016-01-06, बुधवार

करिब १६ महिनाको अन्तरालमा युवा स्टार अनमोल केसी अभिनित फिल्म 'ड्रिम्स' फागुन २१ मा रिलिज हुँदैछ । पिता भुवन केसी निर्देशित फिल्ममा अनमोलले अभिनय गरेका छन् । फिल्म रिलिज हुन अझै दुई महिना बाँकी छ । प्रतिस्पर्धी फिल्म निर्माता निर्देशनहरुले कदम अघी बढाईरहँदा भुवन भने प्रचारको लागी हतारो गरिरहेका छैनन्, यसको मुख्य कारण हुन् अनमोल ।

फिल्मीखबर, काठमाडौं, 2016-01-06, बुधवार

माघ १ गते फिल्म ‘फन्को’ प्रदर्शनमा आउँदैछ । फिल्मको ट्रेलरले अहिले दर्शकको मन पनि जितेको छ । यो फिल्म चर्चामा रहनुको अर्को कारण हो, ‘ठुङ्द’े बोलको गीत । गीत सामान्य भएपनि यही एउटा शब्दले चर्चा पाइरहेको छ । निर्माता नरेन्द्र महर्जन फिल्मको यही गीतलाई विभिन्न तबरले प्रमोशन गरिरहेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2016-01-06, बुधवार

वलिउड अभिनेता सञ्जय दत्त अब धेरै दिन जेल रहने छैनन् । १९९३ को मुम्बई घटनामा दोषी ठहर भएपछि जेल पुगेका यी अभिनेता आउँदो फेब्रुअरी २७ मा जेलबाट रिहा हुन लागेको बलिउड अनलाईनहरुले लेखेका छन् ।

Results : 15343 - 15348 of 24018