Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शिल्पा पोखरेलको एनआरएनसँग गोप्य ईन्गेजमेन्ट ?

फिल्मीखबर, काठमाडौं, 2016/03/13
पछिल्लो समय धेरै नेपाली अभिनेत्रीहरुले एनआरएनहरु सँग बिहे गर्दै 'सेफ ल्याण्डिंङ' गर्नेगरेको समाचार पुराना भईसके । पछिलल् एक बर्षमा मात्रै ४ जना अभिनेत्रीले युकेदेखी बेल्जियमहुँदै भारतिय नागरिकसँग बिहे गरिसक्दा पछिल्लो पटक अभिनेत्री शिल्पा पोखरेलको ईन्गेजमेन्टको खबरले फिल्मी बजार गर्माएको छ ।
 
छबिराज ओझाले रजतपटमा भित्र्याएकी 'लज्जा' डेब्यू अभिनेत्री शिल्पाले नर्बेमा बस्दै आएका एनआरएन बिनोद कार्कीसँग गोप्य ईन्गेजमेन्ट गरेको फिल्म सम्बन्धि एक टेलिभिजन कार्यक्रमले समाचार बनाएको छ । 
 
श्रोतका अनुसार केहि महिना पहिले काठमाडौंमा भएको एनआरएन सम्मेलनमा बिनोद नेपाल आएका र सोही समयमा यी दुईको ईन्गेजमेन्ट भएको हो । प्राप्त श्रोतलाई विश्वास गर्ने हो भने केहि महिनामा नै यो जोडीले बिहे गर्ने तयारी समेत गरको छ ।  नर्बेमा बस्दै आएका बिनोेदलाई बिजनेसमेन भनिएको छ । यो बाहेक उनको परिचय प्राप्त छैन् ।
 
फेसबुकबाट मित्रता जोडिएको शिल्पा र विनोदबीच बिस्तारै माया बसेको र त्यो माया प्रगाढ हुँदै गएपछि बिबाहमा परिणत हुन लागेको बताईन्छ । तर शिल्पाले भने यो सबै कुरालाई नकारेकी छिन् । उनले बिनोदलाई भिनाजुका भाई भन्दै इन्गेजमेन्टको खबरलाई झुटो दाबी गरेकी छिन् ।
 
'मैले बिहे गरे भने सबैलाई बोलाएर धुमधामका साथ गर्छु नी किन लुकाउँथे र', शिल्पाले फिल्मीखबरसँग भनिन्, 'दाई मान्दै आएका मान्छेसँग ईन्गेजमेन्टको गसिप झुटो हो।' शिल्पाले यो समाचार मिडियामा आएपछि आफुलाई तनाब भएको भन्दै घर तथा छर छिमेकबाट फोन आएर हैरानी खेपेको बताईन् । हेरौं शिल्पाको यो बोलिमा कतिसम्म सत्यता छ त्यो भने केहि पछि पक्कै खुल्नेछ ।
Most Visited News (monthly)