Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

फेसबुकमा पोखिएको रेखा र जीवन प्रेमको संकेत के ?

फिल्मीखबर, काठमाडौं, 2016/03/11
अभिनेत्री रेखा थापा र अभिनेता जीवन लुईंटेलको जोडी पर्दामा एकसमय राम्रै जम्यो । पछिल्लो पटक 'जाउँ हिँड पोखरा' फिल्ममा देखिएको यो जोडी उज्जल घिमिरे निर्देशित फिल्म 'अन्दाज'बाट राम्रै चर्चामा रह्यो । 'सिम्पल सिम्पल कान्छिको डिम्पल पर्ने गाला' बोलको गीत राम्रै हिट भयो अहिलेसम्म पनि चर्चामै छ । 
 
 
प्रसङ्ग जोडौं, सयोगबस शुक्रबार रेखा र जीवनको भेट भएको कुरा । रेखा आफ्नै आमा मानेकी सत्य साईआमाको जन्मदिन मनाउन उनी हात्तिगौडा पुग्दा जीवन पनि भेटिए । अनि रेखाले जीवनलाई अंगलोमा कसेरै फोटो खिचिहालिन् । अनि लेखिन्, 'एफ्टर लङ टाईम विथ माई जिबु' ! 
 
यतिमात्र लेखेर रेखाको मन मानेन् अझै थपिन, 'आखिर जीवन रेखा नै हो त ? सिक्वेलको जमाना छ, रामप्यारीको अब जीवन रेखा १,२,३ ।' जुन स्टाटसले कतै रेखाले जीवनसँग पुनः फिल्म गर्दै त छैनन् भन्नेमा पनि संकेत गर्छ । पछिल्लो समय पर्दामा खासै जम्न नसकेका जीवनले फिल्मबाट भन्दा ब्यापक फ्यान फलोईङ बोकेकी रेखासँगको फोटोबाट चर्चा पाएमा आश्चर्य मान्नु नहोला । 
Most Visited News (monthly)