Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'६क्का पञ्जा' लिड कलाकार दिपक र प्रियंकालाई दिपाश्रीको कडा आदेश

फिल्मीखबर, काठमाडौं, 2016/03/15
फिल्म '६क्का पञ्जा'बाट निर्देशनमा डेब्यू गर्न लागेकी अभिनेत्री तथा हाँस्य कलाकार दिपाश्री निरौलाले कलाकारहरुलाई फिल्मको लागी 'वर्कआउट' गर्न निर्देशन दिएकी छिन् । चैत्र ८ बाट फ्लोरमा जाने भनिएको यो फिल्मको लागी लिएर दिपाश्रीले लिड अभिनेता दिपकराज गिरी र अभिनेत्री प्रियंका कार्कीलाई तौल घटाउन तथा बढाउन निर्देशन दिएकी छिन् ।
 
दिपाश्रीका अनुसार फिल्मको लागी दिपकले १० केजी तौल घटाउनुपर्नेछ भने प्रियंकाले ७ केजी तौल बढाउनु पर्नेछ । यो समयावधी सुटिङ सुरु हुने दिनसम्म रहनेछ । दिपाश्रीको सिधा निर्देशनपछि दिपकराजले हाँस्दै भने, '‘निर्देशक कडा परिछन् यसपाली, निकै गाली खाईएला जस्तो छ, मलाई मेरो क्यारेक्टर चाहियो मात्रै भन्छिन्।' निर्देशकको आग्रह बमोजिम आफुले वर्कआउट गरिरहेको दिपकले बताए ।
 
फिल्ममा केदार घिमिरे ‘माग्ने बुढा’, शिवहरी पौडेल, जितु नेपाल, बुद्धि तामाङ्ग ‘हैट’ लगायतको अभिनय रहने छ, भने यसअघि फिल्ममा नरहने भनिएका सिताराम कट्टेल 'धुर्मुस' पनि '६क्का पञ्जा'मा केमियो भुमिकामा देखिने संभावना बढेको छ । फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्दैछन् ।
Most Visited News (monthly)