Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नाईं नभन्नु ल ४ : निर्देशकले हिरो मैं हुँ भन्दा कलाकारले के भने ? (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2016/03/15
प्रतिक्षित फिल्म 'नाईं नभन्नु ल ४'को गीत चर्चासँगै सोमबार ट्रेलर रिलिज गरियो । उक्त ट्रेलर रिलिज कार्यक्रममा फिल्मका कलाकारले काम गर्दाको अनुभव साटे भने निर्देशक बिकास आचार्यले फिल्मको हिरो नै आफू रहेको बताए ।
 
 
'नाईं नभन्नु ल'लाई तेस्रो श्रृङ्खलासम्म हिट दिएका निर्देशक आचार्यलाई सञ्चारकर्मीले सोधे, 'तपाईंको फिल्मको हिरो को हो ?' निर्देशक आचार्यले केही नसोची हाँसिलो मुद्रामा जवाफ फर्काए, 'म नै हुँँ यो फिल्मको हिरो ।' उपस्थित अतिथी, फिल्म निर्माण टिम र सञ्चारकर्मीको तालीले हल गुञ्जायमान भयो ।
 
निर्देशक आचार्यले फिल्मका बारेमा निकै रोचक कुरा गरे । अभिनेत्री प्रियंका कार्कीले पनि आफू भिन्न भूमिकामा रहेको भन्दै नयाँँ अनुहार पल शाह, बर्षा राउत र आँचल शर्मालाई फिल्म इन्डस्ट्री परिवारमा स्वागत गरिन् ।
 
कार्यक्रममा कस्ले के-के भने त ? निर्देशकका रोचक कुरा र कलाकारका अनुभवका बारेमा थाहा पाउन प्रस्तुत कार्यक्रमको भिडियो हेर्नुहोला ।