Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

`नाई नभन्नु ल` निर्देशकको आर्यनसँग पुरा हुन नसकेको यस्तो धोको (भिडियोसहित)

फिल्मीखबर, काठमाडौं, 2016/03/16
'नाई नभन्नु ल' निर्देशक विकास आचार्य एक सफल निर्देशकको रुपमा चिनिन्छन्। 'नाई नभन्नु ल' सिरिजबाट नै उनले एक प्रकारको सफलता हात पारे, सिक्वेलको रुपमा चौथोसम्म पुगे । तर यो सफलता हात पार्दैगर्दा उनले चाहेका कतिपय चाहनाहरु भने पुरा नभएको सुनाउँछन् ।
 
केहि दिन पहिले राजधानीमा आयोजित एक कार्यक्रममा आचार्यले अभिनेता आर्यन सिग्देलसँग काम गर्ने चाहना अझै बाँकी रहेको बताए । तेश्रो सिक्वेलमा आर्यन देखिएको भए पनि उनी पारिवारित दुःखमा हुँदा निर्देशनको जिम्मा स्कान ढकाललाई दिएका थिए, त्यही कारण आर्यनलाई विकासले एक्शन र कट भन्न पाएनन् ।
 
'आर्यन जीसँग काम गर्ने मेरो ठुलो धोको छ, सुरुका फिल्मदेखी नै मैलै आर्यनसँग काम गर्न चाहेको हुँ, कारणबस 'नाई नभन्नु ल ३' मा पनि उहाँसँग सेटमा रहन पाईन', आचार्यले भने, 'अहिलेको समयमा मैले मन पराएको र कम गर्न चाहेको अभिनेता आर्यन नै हो।'
 
निर्देशकले यो कुरा भनिरहँदा आर्यनप्रतिको उनको माया भाव पनि दर्शिन्थ्यो । 'नाई नभन्नु ल ४' प्रदर्शनको तयारीमा रहँदा आयोजित कार्यक्रममा विकास आर्यनप्रति सकारात्मक देखिएका हुन् ।
 
 
भिडियोमा हेर्नुस् निर्देशक आचार्यले के-के भने ?

Most Visited News (monthly)