Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`हाउ फन्नी`मा प्रियंका भित्रै हेर्नुहोस् करिश्मादेखि रेखासम्मको अबतार

फिल्मीखबर, काठमाडौं, 2016/03/14
बैशाख १० मा रिलिज मिति तय भएसँगै फिल्म 'हाउ फन्नी' टिमले अहिले प्रचारलाई तिब्रता दिने सुरमा छ । केहि हप्ता पहिले एक कार्यक्रमका बीच सार्वजनिक ट्रेलरले राम्रो हाईप बनाउँदै जाँदा फिल्ममा समावेश गयाँ गीत सार्वजनिक भएको छ । 
 
सार्वजनिक 'शिरैमा शिरबन्दी' बोलको गीतमा लिड अभिनेत्री प्रियंका कार्की फिचरिङमा छिन् । जहाँ प्रियंकालाई गाउँले परिवेशकी युवतीको भूमिकामा देख्न सकिन्छ । त्यसो त केहि दिन पहिले सार्वजनिक यो गीतले पनि युट्युवमा लोकप्रियता कमाईसकेको छ ।
 
सार्वजनिक गीतमा प्रियंकालाई नेपाली फिल्मका पुराना हिट गीतहरुसँगै अभिनेत्रीहरुकै शैलीमा प्रस्तुत गरिएको छ । 'तिम्रो मन त चक्कु छुरी...' रेखा थापा, 'उडी उडी डुल्छ मन...' करिश्मा मानन्धर , 'गोलि शिशाको...' दीपाश्री निरौला र 'तिर्खा लागे निरमाया...' झरना थापा कै पहिरनको आधारमा प्रियंकाको पहिरन र नृत्य शैलीलाई तयार परिएको हो।
 
गीतमा शब्द तथा संगीत वसन्त सापकोटाको छ भने स्वर मेलिना राईको छ । रेनशा वान्तवा राइले कोरियोग्राफी गरेकी छिन् । पुर्व मिस नेपाल माल्भिका सुब्बा कार्यकारी निर्मात्री रहेको यस फिल्मलाई निलु डोमा शेर्पा ले निर्देशन गरेकी हुन्। फिल्ममा दयाहाङ राई , प्रियंका कार्की , निशा अधिकारी,  केकी अधिकारी, अनुप बिक्रम शाही, विजय बराल, शिशिर राना लगायत मुख्य भूमिकामा छन् ।
 
गीत हेर्नुहोसः
 
Most Visited News (monthly)