
व्यापार विश्लेषकको अनुमानलाई सत्य साबित गर्दै सलमान खान सोनम कपुरको अभिनय रहेको फिल्मले सय करोड कमाएको छ । फिल्मले जम्मा तीन दिनमा सय करोड कमाएको हो । दिपावलीको अवसर पारेर रिलिज भएको फिल्मले तीन दिनमा १०१ करोड कमाई गरेको छ ।

नेपाली फिल्ममा मुलधार र फरकधारका फिल्म भनेर चर्चा हुन थालेको त केही बर्ष भैसक्यो । फिल्म बनाउने पनि यो मुलधारका दर्शकका लागि र यो फरक धारका दर्शकका लागि भनेर फिल्म बनाउँछन् । फिल्म क्षेत्रमा देखिएको यो भिन्नता कलाकारमा पनि स्पष्ट देखिएको छ ।मल्टिप्लेक्समा कि त हिन्दी फिल्म चल्छन् कि त अंग्रेजी । चलिआएको खण्डमा नेपाली फिल्मका कलाकार हेरेर शो दिने गरिन्छ । दयाहाङ राई, सौगात मल्लले अभिनय गरेका फिल्मले मल्टिप्लेक्समा ज्यादा स्थान पाएका छन् ।

लामो समयदेखि खडेरी पर्दै आएको नेपाली फिल्मको स्टारडम अब फर्किन थालेको छ । बर्षमा सय फिल्म प्रदर्शनमा आएपनि स्टारडमको अभावले ती फिल्म चल्न सकेका थिएनन् । प्रचार राम्रो भएको खण्डमा केही फिल्म चलेपनि अन्य फिल्मले हावा खाएका थिए । अब भने नेपाली फिल्ममा स्टारडम देखिन थालेको छ ।

सिनेमाको पर्दामा एक अर्काको जोडीका रुपमा थुप्रै चलचित्रमा देखिएका नायक दिलिप रायमाझी र नायिका जल शाह वास्तविक जीवनमा दाजु बहिनी हुन भन्ने सुन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर दिलिपले जललाई १३ बर्ष अगाडि बहिनी मान्दै भाई टिका लगाएका हुन ।

पुष १० गते बाट प्रदर्शन आउन लागेको चलचित्र “आधा पेज”को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । तिहारको अवसर परेर चलचित्रको सार्वजनिक पोस्टरमा चलचित्रको मुख्य कलाकार सलोन बस्नेत ,रिस्ता बस्नेत ,रुपेश न्यौपानेलाई देख्न सकिन्छ ।चलचित्र “आधा पेज”समुन्द्र भट्टको निर्देशनमा तयार पारिएको हो ।

बिहानी शोमा नै काठमाण्डौको गोपिकृष्ण हल पुगेका अभिनेता निखिल उप्रेती, अभिनेत्री निशा अधिकारी दंग देखिए । हलमा देखिएको दर्शकको भिडले उनीहरुलाई आफ्नो काम सफल भएको महशुश भयो । गोपाल कायस्थको प्रस्तुती रहेको फिल्म लुटेरा आजबाट देशभर प्रदर्शनमा आएको छ । गोपालकै भनाई मान्ने हो भने पनि यो फिल्म ८० वटा हलमा रिलिज भएको छ ।

