Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`संरक्षण`को होली गीत सार्वजनिक

फिल्मीखबर, काठमाण्डौ, 2016/03/17
नेपालीहरूको अर्को महान पर्व होली आईरहँदा निर्माणको क्रममा रहेको फिल्म 'संरक्षण'ले होली गीत सार्वजनिक गरेको छ । बिशेष गरी होली पर्व तराईमा धुमधामका साथ मनाईन्छ । प्रस्तुत गीत पनि तराईको मधेशी समुदायमा खिचिएको छ जुन निकै आकर्षक देखिन्छ । 
 
 
पुर्नेन्द्रु झा निर्देशित फिल्मको प्रस्तुत गीतमा सौगात मल्ल, अशिष्मा नकर्मी, निखिल उप्रेती र मलिना जोशीलाई कबिराज गहतराजले आकर्षक ढंगबाट नचाएका छन् । गीतमा नेहा प्रियादर्सन र प्रवेश मल्लिकको आवाज, धिरेन्द्र प्रेमर्षीको शब्द र संगीत प्रवेश मल्लिकको रहेको छ । आउँदो भदौबाट प्रदर्शनमा आउने बताईएको यो फिल्मलाई पुरूषोत्तम प्रधानले खिचेका हुन् ।  
 
प्रदिप कुमार उदय, नरेन्द्र महर्जन, नन्दु श्रीवास्तव, स्वेता शाहले फिल्मलाई निर्माण गरेका हुन् । तराई क्षेत्रमा कार्यरत दुई प्रहरी अफिसरको कथा बोल्ने यस फिल्मको पटकथा तथा संवाद रमेश रञ्जन झा र नरेश मिश्रको रहेको छ । 
 

Most Visited News (monthly)