Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'किस्मत २' रिलिज मिति घोषणा, रामप्यारीसँग नभिड्ने पक्का

फिल्मीखबर, काठमाडौं, 2016/03/17
रेखा थापाको फिल्म 'रामप्यारी'सँग चैत्र २६ मा प्रतिस्पर्धा गर्ने हल्लाका बीच प्रदर्शन मिति धकेलिएको रेखाकै पुर्व पति छबिराज ओझाको फिल्म 'किस्मत २' श्रावणमा प्रदर्शनमा आउने भएको छ । बितरक गोपालकाजी कायस्थले सामाजिक सञ्जाल मार्फत फिल्मको रिलिज मिति सार्वजनिक गरेका छन् ।
 
फिल्मीखबरसँगको कुराकानीमा बितरक कायस्थले 'किस्मत २' नयाँ बर्ष सुरु भएसँगै श्रावण महिनाको २८ मा रिलिज हुने फाईनल भएको बताए । निर्माता छबि र आफ्नो सल्लाहमा फिल्मको रिलिज मिति तय गरेको उनको भनाई छ । 
 
'किस्मत २'लाई काठमाडौंमा कायस्थले वितरण गर्नेछन् भने काठमाडौं बाहिर एफडी कम्पनिले वितरण गर्नेछ । ऋषी लामिछाने निर्देशित फिल्ममा शिल्पा पोखरेल र किशोर खतिवडा लिड रोलमा छन् । फिल्म अहिले पोष्ट प्रोडक्शनको अन्तिम चरणमा छ । नयाँ बर्ष सुरु भएसँगै प्रचार प्रसार थाल्ने निर्माण टिमले बताएको छ ।
 
यसअघि चैत्र २६ मा रिलिज हुने हल्लाकाबीच फिल्म रेखाले छबिलाई फकाएर रिलिज सार्न लगाएको चर्चाले गसिप बजार तातेको थियो । कतै रेखाकै आग्रहमा नै छबिले रिलिज धकेलेका त होईनन् ? त्यसो त यसअघि पनि रेखाले 'काली' फिल्म छबिको 'लोफर'सँग दशैंमा भिडाउन ल्याउँदा छबिले फिल्म सारेर तिहारमा लगाएका थिए । जुन फिल्म छबिको करियरकै असफल फिल्म गनिन्छ ।
Most Visited News (monthly)