Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दिपाश्री र 'परदेशी' निर्देशक रायमाझीलाई 'बर्ष व्याक्ति' सम्मान

फिल्मीखबर, काठमाडौं, 2016/03/17
फिल्मीखबर साप्ताहिक पत्रिकाले आफ्नो बार्षिकोत्सवको अबसरमा प्रदान गर्दै आएको फिल्म क्षेत्रको बर्ष व्यक्ति पुरस्कार यस बर्ष पुरुष तर्फ फिल्म निर्देशक नारायण रायमाझी र महिला तर्फ दीपाश्री निरौला घोषित भएका छन् ।
 
 
फिल्मी गतिविधिलाई समेट्दै हरेक विहिबार प्रकाशित हुने उक्त पत्रिकाले सातौ बर्ष प्रवेश गरेको अवसरमा नारायण र दीपालाइ बर्ष व्यक्ति २०७२ घोषणा गरेको हो । रात्री भोज सहित आयोजना गरिएको कार्यक्रममा उपप्रधान तथा उर्जा मन्त्री टोपबहादुर रायमाझीले सम्मान प्रधान गरेका थिए ।
 
 
'हामीलाई पनि मनोरञ्जन चाहिन्छन त्यसैले हामीले पनि यस क्षेत्र प्रति चासो राख्छौ' उपप्रधानमन्त्री रायमाझीले बोल्दै भने । यता पत्रिकाका प्रधान सम्पादक शान्तिप्रियले पनि पत्रिकाले ६ बर्षिय यात्रा तय गर्न सहज नरहेको बताए । 'हामीले फिल्मसंगै मनोरञ्जनका गतिविधिलाई मात्र समेट्दै यसरि ६ बर्षे यात्रा तय गर्न त्यति सहज थिएन, आश छ आगामी दिनमा पनि यस्तै साथ् सबैबाट पाउने नै छौ ।' 
 
 
सम्मान पाएपश्चात बोल्दै निर्देशकसंगै संगीतकार तथा गायक समेत रहेका रायमाझीले भने 'मलाइ सम्मान गर्नु भएकोमा धन्यवाद साथै आगामी दिनमा यसले थप दायित्व बढाएको छ र मैले देशकै समस्यालाइ फिल्मको माध्यमले देखाउन खोजेको प्रयासलाई सबैले रुचाइ दिनु भएकोमा धन्यवाद ।' 
 
 
यता निर्मात्रीको रुपमा सफल हुनुका साथै पछिल्लो फिल्म 'वडा नम्बर ६' को सुर्के थैली बोलको गीतमा देखिएसंगै चर्चामा आएकी दीपाश्रीले सम्मानले दायित्व बढाएको बताइन् । 'मैले निर्देशकको रुपमा फिल्म फ्लोरमा लान एक हप्ता भन्दा पनि कम समय बाकी रहदा यस किसिमको सम्मानले थप दायित्व बोध गराएको छ' दीपाले सबै टिमका कारण सम्भव भएको पनि बताइन् । फिल्मीखबरले बर्षेनी आयोजना गर्ने बार्षिक उत्सवमा सदाझै यसबर्ष पनि सेलिब्रेटीहरुको राम्रै उपस्थिति रहेको थियो ।
Most Visited News (monthly)