Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सविनको 'लक्ष्य' पुरा गरिदिने अनु कि सारिका ?

फिल्मीखबर, काठमाडौं, 2016/03/16
एक्शन लभस्टोरी फिल्म लक्ष्य शुक्रबार ५ चैत्रबाट देशब्यापी प्रदर्शनमा आउँदैछ । मिलन आले मगरको निर्देशनमा ओमलाल गुरुङले निर्माण गरेको फिल्ममा लिड अभिनयमा सविन श्रेष्ठ, अनु शाह र सारिका केसी लिड रोलमा छन् ।
 
त्यसो त सविन र अनुको प्रेम चर्चा पनि सिने बृत्तमा केहि समय अघिदेखी चर्चामा हुँदा सविनलाई अनु फाप्ने कि सारिका दर्शकको प्रतिक्षाको विषय पनि बनेको छ । युवापुस्ताको सोच, अभिभावकको सपना र लक्ष्य पूरा गर्नका लागि गरिने संघर्षको बिषयमा निर्माण गरिएको फिल्मको गीत र प्रोमोले राम्रै तारिफ भेटिरहेको छ । 
 
त्यसैले पनि आफ्नै अर्को फिल्मसँग प्रतिस्पर्धा गर्न तयार सविनको करियरमा पनि यो फिल्मले राम्रै अर्थ राख्नेछ । उता निर्देशक मिलन पनि लक्ष्यबाट निकै आशावादी रहेको बताउँछन् । फिल्मले आफूलाई निर्देशकका रुपमा स्थापीत गराउने बिश्वास उनको छ । 
 
फिल्ममा सुनील थापा, अर्जुनजंग शाही, भानुप्रतप लगायत पनि अभिनयमा छन् । फिल्मको स्क्रिप्ट सुशील पंगेनीले लेखेका हुन् । सुमन तण्डुकारले खिचेको फिल्ममा अर्जुन पोखरेल र टंक बुढाथोकीको संगीत छ ।
Most Visited News (monthly)