Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'आशिकी ३' मा आलिया र सिद्धार्थ पक्का

एजेन्सी, मुम्बई, 2016/03/16
बलिउडको हिट सिरिज 'आशिकी' को तेश्रो सिक्वेलमा कलाकार तय भएका छन् । जानकारीमा आएअनुसार 'आशिकी ३' को लागी बलिउडका पछिल्लो पुस्ताका चर्चित कलाकार आलिया भट्ट र सिद्धार्थ मलहोत्रा लि अभिनयमा रहने पक्का भएको हो । 
 
'स्टुडेन्ट अफ दि ईयर' जोडी आलिया र सिद्धार्थलाई अफिसियल रुपमै अनुबन्ध गरिएको निर्देशक मोहित सुरीले मिडियामाझ बोलेका छन् । 'आशिकी २' मा आदित्य रोय कपुर र श्रद्धा कपुर लिड रोलमा भए पनि पुनः यो जोडीलाई निर्माण युनिटले दोहोर्याएन् ।
 
आलिया पछिल्लो पटक 'कपुर एण्ड सन्स'को प्रमोशनमा व्यस्त छन् । पछिल्लो पुस्ताको पहिलो रोजाई जस्तै बन्न पुगेकी राइजिङ स्टार आलिया र सिद्धार्थ स्टारिङमा रहने  फिल्म अर्को बर्षबाट फ्लोरमा जाने भनिएको छ । 
Most Visited News (monthly)