Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15325 - 15330 of 24018
फिल्मीखबर, काठमाडौं, 2016-01-12, मंगलवार

अभिनेता अनमोल केसीको माग अहिले फिल्म क्षेत्रमा दिन दुई गुणा रात चार गुणाको दरले बढेको छ । अनमोललाई लिएर फिल्म बनाउन त सयौ निर्माता चाहन्छन्, तर अनमोल भने बर्षमा एउटा फिल्म पनि मुश्किलले गरिरहेका छन् । उनै अनमोल केसीलाई लिएर नयाँ निर्माता रोहित अधिकारीले फिल्म ‘गाजलु’ बनाएका छन् जुन फिल्मको छायांकन मंगलबारबाट सकिएको छ । करिब ४५ दिन लगाएर यो फिल्मको छायांकन सकिएको हो ।

फिल्मीखबर, काठमाडौं, 2016-01-12, मंगलवार

सोमबार दिउँसो करिब ४ बजेतिर नेपाली फिल्म ’ड्रिम्स’को ट्रेलर युट्युवमा आयो । युवा स्टार अनमोल केसीको नयाँ फिल्मको ट्रेलर कतिबेला आउला भनेर पर्खेर बसेका फ्यानहरु तथा पहिलो निर्देशनमा भुवन केसीले कस्तो फिल्म बनाए भनेर प्रतिक्षा गरेका शुभचिन्तकहरुको पर्खाईको घडी समाप्त भएको थियो हिजो ४ बजे ।

फिल्मीखबर, काठमाण्डौ, 2016-01-12, मंगलवार

अभिनेता तथा निर्माता भुवन केसी फिल्म 'ड्रिम्स'मार्फत निर्देशक बनेका छन् । उनको डेब्यु निर्देशनको यो फिल्मको एक कार्यक्रमका बीच सोमबार ट्रेलर सार्वजनिक गरियो । रिलिज अगाबै राम्रो चर्चा पाउन सफल यो फिल्म फागुन २१ मा रिलिज हुँदैछ । 

फिल्मीखबर, काठमाडौं, 2016-01-11, सोमवार

करिब एक बर्ष पहिले नै फिल्म जंगे निर्माण भयो । तर निर्माण सम्पन्न भएर पनि केहि समय निर्माण युनिट गुपचुप रह्यो निर्माता रहेका सुसन प्रजापती तथा संवाद लेखक अग्रज केसी अष्ट्रेलिया हानिए । अहिले पनि उनीहरु उतै छन् । तर फिल्मको रिलिज मिति घोषणा भएको छ । अब जंगे दर्शकले पर्दामा नयाँ बर्ष २०७३ को बैशाख १७ मा देख्न पाउने भएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2016-01-11, सोमवार

बहुप्रतिक्षित  फिल्म ‘ड्रिम्स’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार सुन्धारास्थित सिने दि सेफ सिनेमा हलमा फिल्मको ट्रेलर लन्च गरिएको हो । ट्रेलरमा अनमोलको दोहोरो चरित्र देखाईएको छ । एक भागमा उनी लभरब्वाई देखिएका छन् भने अर्को भागमा ब्याडब्वाई देखिएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2016-01-11, सोमवार

समाजसेवी दिलशोभा श्रेष्ठको रविभवनस्थित ‘आमा घर’ को संरक्षणमा रहेका वृद्ध आमाहरुलाई आकाश अधिकारीले ब्ल्याङ्केट हस्तान्तरण गरेका छन् । यी परोपकारी निर्देशक, निर्माता तथा अभिनेताले ‘आमा घर’ मा रहेका ३८ जनालाई पुग्ने जाडोको न्यानो ब्ल्याङकेट र म्याट प्रदान गरे ।

Results : 15325 - 15330 of 24018