
‘कसैलाई रुवाउनु फिल्मको सफलता होईन यसको भ्रममा कोही परेको भए त्यसको तुक छैन । राम्रो लोकसेनमा खिच्दैमा फिल्म राम्रो हुन्छ भन्ने पनि छैन,’ नेपाली ‘चलेछ बतास सुस्तरी’ का लेखक तथा निर्माता प्रदिप भारद्वाजले निर्माता बनेर ‘चलेछ बतास सुस्तरी’को एक कार्यक्रममा बोलेको संवाद हो यो ।

अभिनेत्री रेखा थापाको कुनै बेला अन्य अभिनेत्रीहरुसँग सम्बन्ध नै थिएन भन्दा पनि हुन्छ् । उनको कुनै नै कुनै अभिनेता वा अभिनेत्रीसँग लफडा चलिरहन्थ्यो । तर, अहिले समय फेरिएको छ । अभिनेत्री थापाको मित्रता अहिलेका हरेक अभिनेत्रीसँग देखिन्छ । वुधबार फिल्म ‘फन्को’को प्रिमियरमा पनि रेखाको बढ्दो मित्रता देखियो ।

अभिनेत्री सुष्मा कार्की अब तेश्रो प्रेमीको खोजीमा छिन् । तर, यसपटक भने उनी प्रेम र ब्रेकअपमा उल्झन चाहन्नन् । सुष्माले चाहेको प्रेमी उनलाई केयर, माया र वुझ्ने खालको होस् भन्ने छ ।सुष्माको यस अगाडि २ जना प्रेमी थिए । सुष्मा आफूले २ जनासँग प्रेम गरेको खुलेरै भन्ने गरेकी थिइन् । तर, उनलाई लाग्छ, करिअर अगाडि बढाउने समयमा प्रेम गर्नु राम्रो काम थिएन । यसैले उनी अहिले करिअरप्रति फोकस छिन् ।

फिल्म तथा मोडलिङ दुनियाँलाई 'ग्ल्यामर'को संज्ञा दिईन्छ । 'ग्ल्यामर' शब्द महिला कलाकारमा बढि प्रयोग गरिन्छ । त्यसैले त जाडो होस् या गर्मी हरेक मौसममा महिला कलाकार 'ग्ल्यामर' देखिन अर्ध नग्न कपडामा देखिईरहन्छन् ।

‘ड्रिम्स’ ट्रेलर रिलिज भएको साँझ निर्देशक भुवन केसीले फिल्मीखबरसँगको कुराकानीमा सुरुवाती रेस्पोन्सको आँकलन गर्दै पहिलो दिन ३० हजारको हाराहारीमा दर्शकले हेर्ने अनुमान गरेका थिए ।

यहि शुक्रबारबाट प्रदर्शनको थालनी गर्ने फिल्म ‘फन्को’को राजधानीमा रेड कार्पेट प्रिमियर गरिएको छ । कुमारी हलमा बुधबार साँझ आयोजित कार्यक्रममा फिल्म क्षेत्रमा विभिन्न हस्तीहरुको सहभागिता थियो । प्रिमियर शोमा कुमारीका दुबै हल दर्शकले खचाखच भरिए ।

