Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

'निर्भय'मा निखिल र नीताको खुलम् खुल्ला प्यार !

फिल्मीखबर, काठमाडौं, 2016/03/23
केहि बर्षको अन्तरालमा नेपाली पर्दामा पुनरागमन गरेका स्टार अभिनेता निखिल उप्रेतीको कमब्याक दमदार भयो । 'भैरव' बन्दा राम्रै चम्के, त्यसपछि 'लुटेरा'ले पनि उनको क्रेजलाई जिबितै गर्यो । हाल 'संरक्षण' फिल्मको सुटिङमा रहेका निखिलको बर्ष २०७३ मा दुई फिल्म आउने पक्का भएको छ । 
 
 
मधुसुदन भट्टराईको निर्देशनमा बन्न लागेको फिल्म 'निर्भय'मा निखिल लिड रोलमा देखिँदैछन् । निखिल र नीता ढुङ्गानाको अभिनय पक्का भएको फिल्मको गीत रेकर्डिङ सुरु भएको छ । 'खुलम् खुल्ला प्यार' बोलको गीत बुधबार रेकर्ड भयो । फिल्ममा भने अनस्कृन खुलम् खुला प्यारमा निखिल र नीता हुनेछन् ।
 
ताराप्रकाश लिम्बु र अर्जुन पोखरेलको संगीत समावेश यो गीतमा देवल भण्डारीको शब्द छ । चर्चित गायक प्रमोद खरेल र अञ्जु पन्तले गीतमा स्वर भरेका छन् ।
 
फिल्म यहि चैत्र २० गतेपछि फ्लोरमा जाने बताईएको छ । नेपाली समाजमा दैनिक रुपमा जनताले देखिरहेको भोगिरहेको कथालाई 'निर्भय'ले उठान गर्ने निर्देशक भट्टराईले बताएका छन् ।
 
 फिल्ममा देवि पाण्डेको लगानी रहने छ भने निखिल र नीतासँगै सुशिल पोखरेल र विकास चापागाईं पनि अभिनयमा रहने पक्का भएको निर्देशक भट्टराईले बताए ।
Most Visited News (monthly)