Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`पशुपतिप्रसाद` पाईरेसी सेन्सर वोर्डमाथि नै शंका !

बैकुण्ठ पराजुली, काठमाडौं, 2016/03/22
फिल्म 'पशुपतिप्रसाद' पाईरेसी भएको छ । फिल्मीखबरले प्राप्त गरेको श्रोत अनुसार यो फिल्मको सेन्सर कपी पाईरेसी भएको छ ।
 
 
फिल्म जाँचपासको अधिकार प्राप्त निकाय सेन्सर वोर्डलाई फिल्म सेन्सरको लागी कुनै पनि फिल्मले 'वाटरमार्क' सहित फिल्म बुझाउने गर्छ । सोही अनुसार फिल्म 'पशुपतिप्रसाद'ले सेन्सर वोर्डको लागी प्रदान गरेको फाईल नै पाईरेसी भएको हो । 
 
 
फिल्मको सेन्सर कपी नै पाईरेसी भएको पाईएपछि फिल्म क्षेत्रकै विकास अनि विस्तार र प्रगतिको पक्षमा लाग्ने भनिएको रामचन्द्र ढकाल नेतृत्वको सरकारी निकाए सेन्सर वोर्डमाथि नै प्रश्न उठेको छ । फिल्मीखबरले प्राप्त गरको श्रोत अनुसार यो पाईरेसीले हुनमा सेन्सर वोर्ड सदस्य, सेन्सरमा काम गर्ने प्राविधिक या पोस्ट प्रोडक्सन स्टुडियो प्रति शंका उब्जाएको छ ।
 
 
अनाधिकृत रुपमा बाहिरिईएसँगै काठमाडौं आसपासका मोबाईल पसलमा समेत पेनड्राईभ मार्फत 'पशुपतिप्रसाद' बिक्री भईरहेको समेत हुनसक्ने आशंका छ । तर यति हुँदै गर्दा पनि फिल्म उद्योगको सर्वोच्च संस्था चलचित्र विकास वोर्ड अनि 'पशुपतिप्रसाद' फिल्म निर्माण कम्पनिले कुनै जानकारी पाएको छैन् ।
 
 
यसैबीच 'पशुपतिप्रसाद' निर्देशक दिपेन्द्र के खनालले यो फिल्म नेपालकै केहि हलमा प्रदर्शनको क्रममा रहेको बताएका छन् । निर्देशक खनालले फिल्म पाईरेसीको कुरा गर्दा आश्चर्य व्यक्त गर्दै यस्तो हुन नसक्ने दाबी गरे ।  काठमाडौंको गुण हल तथा अन्य केहि हलमा समेत फिल्म प्रदर्शनको क्रममा रहेको भन्दै विदेशका २० बढि देशमा प्रदर्शनको क्रममा रहेको उनले बताएका छन् । 
 
उनको यो कुरालाई आधार मान्दैगर्दा फिल्म पाईरेसी भईसकेकोले विदेश प्रदर्शनको लागी अधिकार लिने संस्था तथा निकायलाई ठुलो धक्का लाग्ने निश्चित छ । यो फिल्ममा खगेन्द्र लामिछाने, विपिन कार्की, बर्षा शिवाकोटी, रविन्द्रसिँह बानियाँ लिड रोलमा छन् ।
Most Visited News (monthly)