बर्ष २०७२ को अन्तिम महिना चलिरहँदा अर्को वर्षको लागी फिल्म रिलिजको क्यालेण्डर सार्वजनिक हुने क्रम जारी छ । ०७३ को पहिलो महिना बैशाखका लगभग लगभग सबैजसो हप्ता नयाँ फिल्मको लागी प्याक भईसक्दा भदौमा रिलिज हुनेगरी दुई फिल्मको रिलिज घोषणा भएको छ ।
रोचक कुरा के छ भने भदौ १७ मा रिलिज हुँदैगर्दा 'ब्रासलेट' र 'लालजोडी' दुबै फिल्ममा लिड अभिनयमा अभिनेत्री रजनी केसी आफैबीच प्रतिस्पर्धामा हुनेछिन् । बर्षौंपछि नेपाली पर्दामा फर्केका अभिनेता रमेश उप्रेतीसँग 'ब्रासलेट'मा अनस्कृन रोमान्स गरेकी रजनीलाई आफ्नैफिल्मसँग प्रतिस्पर्धा गर्दा यात्रा सहज हुनेछैन् ।
सञ्चारकर्मी लक्ष्मण सुवेदी निर्देशित 'लालजोडी'मा रजनी पनि लिड अभिनयमा छिन् । यो फिल्ममा नक्कली बाबुराम भट्टराईको रुपमा परिचित ज्योती काफ्ले, आयुष्मा कार्की, बुद्धी तामाङ लगायत सानोपर्दामा अन्य केहि चर्चित नाम पनि समेटिएका छन् ।
'ब्रासलेट'लाई भने निर्मल शर्माले निर्देशन गरेका हुन् । फिल्ममा लगानी केशव भट्टराईको छ ।

