रंगहरुको पर्व होली मंगलबार पहाडी क्षेत्रमा मनाईयो । भने बुधबार तराई भेगमा होलीको रौनक पनि उस्तै देखियो । यो बीचमा फिल्म कलाकारहरुले पनि होलीमा राम्रै रमाईलो गरे ।
फिल्मीखबरको क्यामेरा मा कैद भएका चल अचल दृश्यहरुमा नाम चलेका कलाकारहरुको होलीको रोमाञ्चक रोमाञ्चल 'मुमेन्ट' देख्न सकिन्छ । फिल्म तथा मनोरञ्जनको सञ्चार गर्दै आएको टेलिभिजन 'टिभी फिल्मी'ले नख्खुमा गरेको होली विशेष कार्यक्रममा चर्चित अभिनेत्री रेखा थापा, आर्यन सिग्देलदेखि अन्य थुप्रै कलाकारहरु देखिए ।
त्यस्तै अभिनेत्री करिश्मा मानन्धरले बिगतका बर्षमाजस्तै यो बर्ष पनि आफ्नै निवासममा होलीको कार्यक्रम राखिन् । उनको कार्यक्रममा पनि माहोल उस्तै बन्यो । राजनीतिज्ञ बाबुराम भट्टराई पनि करिश्मा निवासमा होली खेल्न पुगे भने उता रेखा थापाको 'रामप्यारी' टिम तथा निर्देशक आकाश अधिकारीको 'के म तिम्रो होईन र' टिमले महाराजगञ्ज स्थित रेड स्टुडियोमा कार्यक्रम गरेको थियो ।
होली खेल्दैगर्दा फिल्मकर्मीहरुले आफ्नो आफ्नो प्रदर्सोन्मुख फिल्मको प्रचार गर्न भने बिर्सेनन् । कार्यक्रम हेर्दा लाग्थ्यो होली खेल्नमा भन्दा पनि बढि कुरा निर्माता निर्देशकदेखि कलाकारसम्मले रिलिजको मुखमा रहेका फिल्महरुको प्रचारमा समय खर्चे ।
Holi Photo Gallery :- http://www.filmykhabar.com/pictures/646

