
भ्यालेन्टाईन रिलिज फिल्म 'प्रेम गीत'को अर्को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । प्रेमिल भावको 'मैले सोचेको जस्तै....' बोलको गीतमा लिड कलाकार प्रदिप खड्का र पूजा शर्मा फिचरिङमा छन् । मुस्ताङका खिचिएको गीतको लोकेशन तथा सिनेमाटोग्राफी तारिफ योग्य छ ।

यसलाई सुखद मान्ने या दुखद । माघ महिनाको पहिलो दिनबाट चैत्र महिनाको अन्तिम शुक्रबारसम्म हेर्ने हो भने हप्तैपिच्छे फिल्म रिलिज हुने देखिएको छ । फागुन २८ गते बाहेक ३ महिनाका कुनै पनि शुक्रबार नयाँ नेपाली फिल्म नलागेको हप्ता हुनेछैन ।

कुनै कलाकारका लागि फिल्म क्षेत्र चाहेर पनि फाप्दैन । म्यूजिक भिडियोमा सर्वाधिक व्यस्त अभिनेत्री वेनिशा हमालका लागि अहिले यस्तै हाल छ । उनले फिल्म सुरुवात गरेको पनि केही बर्ष भैसक्यो । तर, मुश्किलले उनले ४ वटा फिल्ममा काम गरेकी छिन् । जसमध्ये कुनै फिल्मको व्यापार पनि गतिलो भएन ।

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘फन्को’ले बिहानी शो मा दर्शकको राम्रो साथ पाएको छ । राजधानी तथा मोफसलका हलहरुबाट प्राप्त जानकारी अनुसार फिल्मको बिहानी शो को अकुपेन्सी ७० प्रतिशत माथि छ । सिङ्गल स्कृनमा दर्शकले ताली र हुटिङ दिएका छन् । राजधानीको गोपिकृष्ण तथा अष्टनारायण हलमा दर्शकको बिहानी शो मा नै चाप देखिएको छ ।

फिल्म ‘लक्ष्य’को अफिसियल गीत सार्वजनिक भएको छ । निर्माण कम्पनीले बिहीबार ‘कुन बेला आई बस्यौ’ बोलको गीत सार्वजनिक गरेको हो । गीतमा लिड कलाकार सविन श्रेष्ठ र अनु शाहले नृत्य गरेका छन् । गीतमा उदित नारायण झाको स्वर समावेश छ ।

तीन फिल्म त्यो पनि चर्चै चर्चाका फिल्म भिड्ने मिति हो माघ २९ । यो मितिमा भिड्दै गरेका ‘प्रेमगीत’, ‘क्लासिक’ र ‘चलेछ बतास सुस्तरी’लाई लिएर निर्माता निर्देशकदेखि कलाकारहरु अहिले प्रचारमा ब्यस्त छन् । पहिलो हुने तथा दर्शक आफ्नो पक्षमा पार्ने दाउमा उल्लेखित फिल्मसँग सम्बद्ध सबै लागिपरेको पाईन्छ ।

