Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

निर्माता बचाउको पक्षमा 'रोल्पा रोग', १ हप्ता धकेलियो रिलिज मिति

फिल्मीखबर, काठमाडौं, 2016/03/28
बैशाख १७ मा रिलिज हुने भनिएको फिल्म 'रोल्पा रोग'को रिलिज मिति एक साता पछाडि धकेलिएको छ । उक्त मितिमा अन्य दुई फिल्म पनि प्रदर्शन हुने पक्का भएपछि निर्मातालाई मार नपरोस भन्ने हेतुले रिलिज सारेको निर्माण टिमले बताएको छ ।
 
नयाँ रिलिज मितिअनुसार फिल्म अब बैशाख २४ गतेबाट देशब्यापी प्रदर्शनमा आउनेछ । फिल्मका निर्देशक दिपक वलीले हल सञ्चालक, बितरक एवं अन्य फिल्मका निर्माताहरुसँगको छलफलबाट रिलिज मिति पछि सार्ने निर्णय गरिएको जानकारी दिए । २४ गते आफ्नो फिल्मले धेरै हल पाउने सम्भावना पनि रहेको उनको भनाई छ । 
 
निर्मला वलीको प्रस्तुति र ए वान मुभि मेकरको ब्यानरमा थलबहादुर वलीले फिल्म निर्माण गरेका हुन । फिल्मलाई दिपक वलीको डेब्यु निर्देशन हो । फिल्ममा शिशिर भण्डारी, कुलदीप भण्डारी, जनक घर्ती मगर, शुशिल पोखरेल, बिनु खड्का, रामबाबु आक्रोश, काश्मिर रसाइलीलगायतको अभिनय रहेको छ । 
 
फिल्मले द्धन्दकालको कथा उठाएको छ । बिशुद्ध ग्रामिण कथावस्तु र परिवेश समेटिएको फिल्म जनयुद्ध सुरु भएको जिल्ला रोल्पा केन्द्रित छ ।
Most Visited News (monthly)