Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15301 - 15306 of 24018
फिल्मीखबर, काठमाडौं, 2016-01-17, आईतवार

गत बर्ष नै रिलिज हुने भनिएको आर्यन सिग्देल अभिनित फिल्म ‘आबेग’ बर्ष २०७२ को जेठमा रिजिल हुने भनिएपनि भूकम्पका कारण हलमा आएन् । यो बीचमा निर्माण टिम गुमनाम बस्दा फिल्म रिलिज नै नहुने त होईन् भन्ने आँकलन समेत गरिएको थियो । तर अब आबेग पर्दामा आउने भएको छ ।

फिल्मीखबर, काठमाडौं, 2016-01-17, आईतवार

फिल्मी नशा अचम्मको छ । यसमा लागेपछि जो कोहीले निस्कन चाहे पनि सक्दैन । चाहे सफल होस् या असफल, यो क्षेत्रमा लागेपछि चटक्कै छाड्न गाह्रो छ । यस्तै भएको छ, कलाकार छुल्ठिम गुरुङलाई पनि । फिल्म ‘नोभेम्बर रेन’ खेलेपछि कुनै पनि फिल्म नखेल्ने भन्दै बसेकी यी अभिनेत्रीलाई अब भने यो क्षेत्र छाड्न मन लागेन ।

एजेन्सी, मुम्बई, 2016-01-17, आईतवार

बलिउड बक्सअफिसमा सधै राज गरिरहने सलमान खान, शाहरुख खान र आमिर खान क्रिटिक्सको नजरमा भने कहिलेकाहीं मात्र अटाउँछन् । पछिल्लो बर्ष २०१५ मा सलमानका दुई फिल्म रिलिज भए दुबै हिट भए । शाहरुखको पनि दिलवाले आयो, मध्यम बिजनेश गर्यो, आमिरको कुनै फिल्म रिलिज भएनन् । तर फिल्म रिलिज भए पनि फिल्म फेयर अवार्ड २०१५ मा सलमान र शाहरुखको हात खाली रह्यो ।

फिल्मीखबर, काठमाडौं, 2016-01-17, आईतवार

शुक्रबारबाट प्रदर्शनमा आएका दुई नेपाली फिल्म 'काफल पाक्यो' र 'फन्को'ले बिदाको दिन दर्शकको मध्यम साथ पाएका छन् । ठुलो तामझामका साथ दर्शकमाझ आएको 'फन्को' तथा जीवन लुईंटेलको कमेडी अबतार समेटिएको 'काफल पाक्यो'ले मल्टिप्लेक्समा भन्दा सिंगल स्कृनमा दर्शकको राम्रो साथ पाए । कमेडी भर्सेज कमेडी भिड्दा जीवनको प्रतिस्पर्धा दयाहाङ राई र सौगात मल्लसँग भयो ।

फिल्मीखबर, काठमाडौं, 2016-01-17, आईतवार

तपाईंलाई अमेरिका जाने रहर छ, अनि चपली अभिनेत्री बिनिता बरालसँग अमेरिकामा सँगै बसेर फिल्म 'सुपरहिट' हेर्ने मन छ,  भने आजै अघि बढ्नुस् फिल्म 'सुपरहिट' युनिटले प्रचारको नयाँ अभियान अन्तर्गत दर्शकलाई अमेरिका लैजाने र बिनितासँगै बसेर फिल्म हेर्न पाउने अपर ल्याएको छ ।

फिल्मीखबर, काठमाडौं, 2016-01-16, शनिवार

केही समययता गरिमा पन्तलाई विरलै सार्वजनिक जीवनमा देख्न पाईएको छ । फिल्म ‘झोला’मा सशक्त अभिनय गरेर चर्चामा आएकी गरिमा लगभग हराएको अवस्थामा छिन् । यदि गरिमा हराउने कारण सोच्दै  हुनुहुन्छ भने, हामी तपाइलाई यसको कारण बताउँदैछौ ।

Results : 15301 - 15306 of 24018