Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'बाजिगर' ट्रेलर रिलिज, जीवन लुईंटेललाई आशाको केन्द्र (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/03/27
फिल्म 'बाजिगर'को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा अभिनेता जीवन लुईंटेल, सञ्जोग कोईराला, अनु शाह, निश्मा घिमिरे लगायत फिचरिङमा छन् ।
 
 
पछिल्लो समय पर्दामा जम्न नसकेका तथा दर्शकको खासै साथ नभेटेका अभिनेता जीवनको लागी फिल्म आशाको केन्द्र मानिएको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा पनि उनि केहि आशातित देखिए । 
 
कहिले अमेरिका त कहिले नेपाल गरिरहँदा कतै जीवन फिल्म उद्योगबाट नै पलायन त हुँदैछैनन् भन्ने प्रश्न पनि बारबार चलिरहेको छ । तर जीवनले फिल्म नै आफ्नो पहिलो रोजाई रहने भन्दै यो क्षेत्रबाट टाढा हुने कुरा नरहेको दाबी गर्छन् ।
 
रञ्जित राना निर्देशित फिल्ममा भेट्रान निर्माता शेखर कोईरालाको लगानी छ । फिल्म बैशाख १७ बाट प्रदर्शनमा आउँदैछ ।
 
ट्रेलर हेर्नुहोसः
 
Most Visited News (monthly)