Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'चपली हाईट २' लाई हुनेछैन सहज, 'वीर विक्रम' बनेर भिड्न पुगे दयाहाङ

फिल्मीखबर, काठमाडौं, 2016/03/25
फिल्म ‘वीर विक्रम’ले आफ्नो प्रदर्शन मिति तोकेको छ । मिलन चाम्स निर्देशित यो फिल्म अब भदौ ३ गतेबाट देशभर रिलिज हुने भएको छ । निर्माता एवं निर्देशक मिलन चाम्सले यो कुराको पुष्टि गरे । 
 
उनले काठमाण्डौमा वितरक गोविन्द शाही र गोपाल कायस्थ, काठमाण्डौ बाहिर केदार पराजुलीले फिल्म वितरण गर्ने समेत जानकारी दिएका छन् ।
 
कमेडी शैलीको यो फिल्ममा दयाहाङ राई, अर्पण थापा, अनुपविक्रम शाही र नव–अभिनेत्री दीया पुन मुख्य भूमिकामा छन् । फिल्मको हङकङ र यूकेमा रेड कार्पेट प्रिमियर गर्ने तयारी पनि गरिएको छ । 
 
विदेशमा फिल्म चलाएपछि नेपालमा भने भदौ ३ मा चलाउने निर्णय भएको मिलनको भनाई छ । फिल्मका ४ पात्रको लुकलाई लिएर दर्शकमा उत्सुकता बढिसकेको दाबी उनको छ ।
Most Visited News (monthly)