Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनपढ बनेकी खुश्वुलाई लाग्ला 'उहिले बाजेका पालामा' लक ?

फिल्मीखबर, काठमाडौं, 2016/03/28

नेपाली मौलिकपना, परम्परा, संस्कृति र सभ्यताको शान प्रति गर्ब गराउने फिल्म भनिएको 'उहिले बाजेका पालामा' रिलिजको लागी तयार भएको छ । यसअघि बर्ष ०७२ मै रिलिज हुने बताईएपनि फिल्म अब दुई सेडुयलमा अर्को बर्ष बैशाख र जेठमा रिलिज हुने भएको हो । 

 
 
सोमबार राजधानीमा आयोजित एक कार्यक्रमको बीच फिल्मको रिलिज मिति तोक्दै ट्रेलर पनि सार्वजनिक गरियो । कार्यक्रममा फिल्म निर्माता, निर्देशकदेखी लिड कलाकर केहि आशावादी देखिए । म्युजिक भिडियोमा राम्रै स्थान लिएपनि फिल्ममा जम्नको लागी संघर्षरत खुश्वु खड्काले एक अनपढ गाउँले युवतीको भुमिकामा आफु देखिएको भन्दै पात्रलाई न्याय गरेको बोलिन् । 
 
 
आफ्नो करियरको लागी अभिनयगत हिसाबले यो फिल्म टर्निङ प्वाईण्ड हुने आशा उनको छ । फिल्ममा खुश्वुसँगै दिलिप रायमाझी, नविन श्रेष्ठ, कमल गाउँले लगायत लिड रोलमा छन् । 
 
बसन्त जीएम निर्देशित फिल्मलाई निर्माण चेतन कोईरालाले गरेका हुन् । भने रिलजिको छेकोमा भेट्रान वितरक सुनिल मानन्धर पनि यो फिल्मको कार्यकारी निर्माताको रुपमा जोडिएका छन् ।
Most Visited News (monthly)