Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपाल, अमेरिका र अष्ट्रेलियामा एकसाथ `नाईं नभन्नु ल ४`

फिल्मीखबर, काठमाण्डौ, 2016/03/28
टेक्सासका नेपाली व्यबसायी हरिबोल भण्डारीसहित अष्ट्रेलियन एनआरएन दिनेश पोखरेल र निर्देशक बिकास आचार्यको लगानी रहेको नेपाली फिल्म ‘नाई नभन्नु ल–४’ अमेरिकामा अप्रिल ८ देखि प्रदर्शनमा आउने भएको छ । 
 
 
नेपालमा चैत्र २६ गते रिलिज हुन लागेको यो फिल्म अमेरिका र अष्ट्रेलियामा समेत एकैसाथ प्रदर्शन हुन लागेको हो । अष्ट्रेलियाका ८ शहरहरुमा यो फिल्म प्रदर्शनमा आउने पक्का नै भएको छ । यस्तै अमेरिकाका पनि अन्य शहरहरूमा प्रदर्शनको तयारी भाईइरहेको निर्देशक तथा निर्माता आचार्यले जानकारी दिए ।  
 
बसन्त सापकोटाको संगीत, पुरुषोत्तम प्रधानको छायांकन रहेको यो फिल्मको पटकथा तथा संवाद सामिप्यराज तिमिल्सिनाको रहेको छ । फिल्ममा प्रियंका कार्की, सरोज खनाल, पल शाह, वर्षा राउत, आँचल शर्मा, अनुभव रेग्मी लगायतका कलाकारले अभिनय गरेका छन् । 
 
लगातार तेस्रो सिक्वेलसम्म हिट भएको 'नाईं नभन्नु ल'को यो चौथो सिरिज पनि हिट हुने अनुमान लगाईएको छ । निर्माताले भने प्रदर्शन पूर्व नै आफ्नो लगानी उठाईसकेका छन् । नेपालमा मात्रै यो फिल्म ८५ लाख रूपैंयामा बिक्री गरिएको छ । 
 

Most Visited News (monthly)