फिल्म ‘वीर विक्रम’को हङकङमा प्रिमियर गरिएको छ । मिलन चाम्स निर्देशित यस फिल्मको हङकङको युएन लङ थिएटरमा प्रिमियर गरिएको हो ।

उल्लेख्य दर्शकमाझ सम्पन्न प्रिमियरमा निर्देशक चाम्ससहित अभिनेता दयाहाङ राई, अभिनेत्री दिया पुन: तथा 'हँसिया' फिल्म अभिनेत्री हेमा श्रेष्ठ र सञ्चारकर्मी नरेश भट्टराई उपस्थित थिए । फिल्म प्रिमियर पश्चात दर्शकको प्रतिकृयाले कलाकार र निर्देशक निकै हर्षित देखिए ।
अभिनेता डयाहाङसँग फोटो खिचाउन दर्शकको भिड देखिन्थ्यो । यस्तै दुई सुन्दरी अभिनेत्रीलाई पनि दर्शकको सेल्फी क्यामेरामा कैद हुन भ्याईनभ्याई थियो । निर्देशक चाम्सले आफूले सोचे भन्दा राम्रो प्रतिकृया पाएको बताए । उनले भने, 'यो प्रिमियरले मलाई थप उर्जा दिएको छ । हङकङ बासीको यो मायालाई सधैंं सम्झिरहने छु ।'
'हँसिया' निर्देशक चाम्सको यो फिल्ममा मायाप्रेम, एक्सन र कमेडीको मिठो मिश्रण छ । फिल्ममा दयाहाङ राई, अर्पण थापा, अनुपविक्रम शाही, दिया पुन, नाजिर हुसेन, विभेक लिम्बु, शिशिर राना र वसन्त भट्टको मुख्य अभिनय छ ।
ताराप्रकाश लिम्बुको संगीत, रेनशा वान्तवा राइको कोरियोग्राफी तथा सम्राट बस्नेतको एक्शन समावेश फिल्मलाई राजकुमार केसीले खिचेका हुन् । फिल्मको कथा यम थापाको हो ।
यो फिल्म यही अप्रिल २ तारिखका दिन लण्डनमा पनि प्रिमियर गरिंदै छ ।



.jpg)

.jpg)

