Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15289 - 15294 of 23747
फिल्मीखबर, काठमाडौं, 2015-11-24, मंगलवार

करिब ८ बर्ष बोलचाल बन्द भएका अभिनेता निखिल उप्रेती र अभिनेत्री रेखा थापा केही समय अगाडि एक साथ देखिए । रेखालाई भेट्न निखिल उनकै अपार्टमेन्टमा पुगेपछि दुई जनाको सम्बन्ध सुध्रिएको हल्ला चले ।  निखिलले आफ्नो निर्देशन रहने फिल्म ‘भैरव’मा रेखालाई आइटम गर्न अनुरोध गरेको र रेखा सकारात्मक रहेको खबर बाहिरिएको थियो तर रेखाले पछि इन्कार गरिन् ।

फिल्मीखबर, काठमाडौं, 2015-11-24, मंगलवार

फिल्म 'चलेछ बतास सुस्तरी'को शिर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रमोद भारद्धाज र शुष्मा कार्कीले आफ्नो प्रेम भाव प्रस्तुत गरेका छन् । 

फिल्मीखबर, काठमाडौं, 2015-11-24, मंगलवार

हिट फिल्म ‘सायद’ सिक्वेलको लागी निर्माण कम्पनि दुर्गिश फिल्मसले निर्देशक अनुबन्ध गरेको छ । बलिउडका विभिन्न फिल्ममा सहायक निर्देशन गरिसकेका पुष्पराज न्यौपानेलाई ‘सायद २’ को लागि अनुबन्ध गरिएको निर्माण कम्पनीको भनाई छ ।

फिल्मीखबर, काठमाडौं, 2015-11-23, सोमवार

फिल्म ‘काफल पाक्यो’को क्यानडामा प्रिमियर हुने भएको छ । माघ १ गतेबाट दर्शकमाझ आउने तयारीमा रहेको यो फिल्मको क्यानडामा नोभेम्वर २९ मा प्रिमियर हुने भएको हो । 

फिल्मीखबर, काठमाडौं, 2015-11-23, सोमवार

चलचित्र संघ र चलचित्र विकास बोर्डले चाडै नै पत्रकार सम्मेलन गरेर काठमाण्डौका मल्टिप्लेक्समा निर्मातालाई दिइएको नयाँ सुविधाको बारेमा  जानकारी गराउने भएका छन् । मल्टिप्लेक्स हलमा निर्माताले व्यहोर्दै आएको चर्को शोषणबाट केही हदसम्म उनीहरु मुक्त हुने भएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2015-11-23, सोमवार

कलाकार भईसकेपछि उसको स्टारडम र स्टार पावरले ठूलो अर्थ राख्छ । कुनै फिल्मसँग जोडिएको नाम एकाएक हिट हुन्छ, त्यसपश्चात नामले नै दर्शक हलमा तान्छ । तर ‘लुट’ फिल्मबाट दर्शकमाझ परिचित बनेका ‘हाकु काले’ उर्फ सौगात मल्लमा भने यो कुरा लागूु हुन सकेन् । सोही फिल्मबाट डेब्यु गरेका अर्का अभिनेता दयाहाङ राई लगातार जसो हिट भईरहे र उनकै कारण हलमा दर्शक उत्रिएको पाईयो, तर सौगातलाई भाग्यले ठग्यो कि उनको काम दर्शकले बुझ्न सकेनन्, यी अभिनेताले ‘लुट’पछि सफलताको राम्रो स्वाद अहिलेसम्म चाख्न पाएका छैनन् ।

Results : 15289 - 15294 of 23747
Most Visited News (monthly)