Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रधानमन्त्रीलाई निर्देशकको खुल्ला पत्र | आज फिल्म बनाउन नपाउने भएर रोएँ

फिल्मीखबर, काठमाण्डौ, 2016/03/29
निर्माण ईजाजत माग्दै चलचित्र विकास वोर्ड जाँदा वोर्डले 'गाँजाबाजा' नाम दर्ता गर्न नमानेपछि निर्देशक गणेशदेव पाण्डे निकै तनाबमा छन् । लागु औषधसँग जोडिएको नाम फिल्ममा राख्न नमिल्ने भनेर 'गाँजाबाजा' दर्ता गर्न नमानेपछि निर्देशक पाण्डेको सुटिङ सकिएको फिल्म अलपत्र परेको छ । 
 
यसअघि उनले निर्देशन गरेको गरिएको फिल्म 'मञ्जरी' पनि सेन्सर बोर्डको झमेलामा परेको थियो । आफ्नो फिल्म बारम्बार झमेलामा परेर दु:ख खेप्दै आएका पाण्डेले फेसबुकमा प्रधानमन्त्रीलाई सम्बोधन गरेर निकै मार्मिक पत्र लेखेका छन् । उक्त फेसबुकको पेजमा पोस्ट गरिएको पत्रमा उनले आफू आज धेरै रोएको उल्लेख गरेका छन् । 
 
जीवनमा धेरै पटक रोए पनि पश्चाताप नलागेको बताउने पाण्डेले यसपटक भने न्याय किन्न नसक्ने गरिब रहेछु भनेर एकदमै दुखी भएर रोएको बताएका छन् । पाण्डेले लेखेको पत्र तल प्रस्तुत गरिएको छ ।   
 
 
सम्माननीय प्रधानमन्त्रीज्यू, आज म धेरै रोएँ । बच्चामा फिल्म हेर्नका लागि मेरो झुपडी चिया पसलको छानामा बुटवल चलचित्र मन्दिरको पोस्टर टाँसेर फ्रिमा फिल्म हेर्न जान्थे पछि आफ्नै फिल्म बनाउन पाउँदा खुसीले रोएँ । आज फिल्म बनाउन नपाउने भएर रोएँ । हुन त म धेरै पटक रोएको छु । कहिले चाहेको कुरा नपाउदा रोएँ, कहिले पाएको गुमाउदा रोएँ, कहिले छिमेकीको घरमा टिभीमा चित्रहार हेर्न जाँदा चप्पल हराएर रोएँ । 
  
सातमा पढ्दा पहिलो पटक घरमा ब्ल्याक एण्ड ह्वाईट टिभी आउँदा खुसीले रोएँ । फिल्म सिक्न मुम्बई जाँदा परिवारको आँखामा देखेको आँशु सम्झेर स्टुडियोको टोइलेटमा गएर रोएँ । मन्जरीलाई पिडा हुँदा रोएँ । रूँदा रूँदै मन्जरीलाई माया गर्नेहरुले दिएको मायाले रोएँ । 
 
हरेक बदमासीमा साथ दिने साथी सुसाइड गरेछ, जिन्दगीसंग हार खाने कायरको लागि रुन्न भनेर मन थाम्दा थाम्दै रोएँ । हजुरबुवा बित्दा कुन्नि किन रुनै सकेन । पोहोर साल सुर सुधाको 'अ विस अफ पिस'मा बज्ने बासुरीको धुनसंग धेरै रोएँ । राजदरबार हत्याकाण्डमा राजा रानी गुमाएर रोएँ । परिवर्तनका लागि सत्र हजार मान्छे मरेकाले रोएँ । 
 
भूकम्पमा ज्यान गुमाएकाहरुलाई सम्झेर रोएँ । भूकम्पमा आफ्नो बच्चा र श्रीमती गुमाएर पनि उद्धारकार्यमा जुटेका सेना प्रहरीका जवानको कथा सुनेर रोएँ । देशलाई दुख्दा नेपाली युवाहरु एकजुट भएर लागेको देखेर खै कुन्नि किन रोएँ । यस्तो धेरै पटक रोए पनि मलाई कहिले ग्लानी भएन ।
 
तर आज, यहाँहरुले बनाउनु भएको संबिधानले मलाई दिएको मेरो मौलिक अधिकार यहाँ लगायतले बनाएको सिस्टमले हनन गर्दा न्याय किन्न नसक्ने गरिब रहेछु भनेर एकदमै दुखि भएर रोएँ । रूँदा रूँदै मलाई मेरै रुवाई प्रति पश्चाताप भएर आयो । यहाँ त म चाहेको कुरा नपाएर या पाएको गुमाएर रोएको होइन, यहाँ त म यहाको सिस्टमले मेरो अधिकार खोसेकाले सहन नसकेकाले रोएको रहेछु । तपाईहरुको कारणले मेरो छोराले पनि अधिकार नपाएर रुने छ । उसले मबाट यहि सिक्ने छ जुन म कदापी चाहदैन । त्यसैले प्रधानमन्त्रीज्यू, म अधिकारको लागि लड्ने छु । 
Most Visited News (monthly)