दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठको अन्तिम फिल्म भन्दा उनको नै लगानी समेटिएको फिल्म 'कोहिनुर'ले गत वर्ष उल्लेख्य बिजनेश गर्यो । रिलिजको क्रममा फिल्म रहँदा नै श्रीकृष्णको असामयिक निधनको 'सिम्प्याथी' अनि निर्देशक आकाश अधिकारीले दर्शकले रुचाउने फिल्म बनाएपछि 'कोहिनुर' हेर्न हलमा दर्शक उर्लिए ।
श्रीको 'कोहिनुर'ले नेपाली बक्सअफिसमा ऐतिहासिक विजनेश रेकर्ड राख्न सफल पनि भयो । तर बर्षौ पहिले निर्माण भएर रिलिज हुन नसकेको फिल्म ' ईन्द्रावती' यो हप्ता रिलिज हुँदैछ । जुन फिल्ममा लिड अभिनयमा उनै श्री छन्, त्यसैले फिल्मको कहिँकतै प्रचार हुँदा उनकै नामलाई हाईलाईट गरिँदै आईएको छ ।
त्यसो त, श्रीकृष्णको नाममा देखिएको ठुलो फ्यान फलोईङ, अनि उनको नाम र कामसँग जोडिएको लोकप्रियताबाट फाईदा उठाउँदै निर्माता निर्देशकले 'श्रीकृष्णको अभिनय रहेको अन्तिम फिल्म भन्दै 'ईन्द्रावती'को प्रचार गरिरहेका छन् ।
तर अहिले नेपाली फिल्म हेर्ने दर्शकमा आएको परिवर्तन अनि पुरानो ढर्राको भन्दा पनि केहि पृथक फिल्म नेपाली दर्शकले खोज्ने अबस्था बन्दैगर्दा हलमा आउन लागेको पुरानो फिल्मले के कस्तो व्यापार गर्ला अनि समिक्षा के भेट्ला, प्रतिक्षाको विषय छ ।
यो अबस्थामा श्रीकृष्णको नाम बेचेर गरिएको प्रचारले पनि खास अर्थ राख्नेछ । 'ईन्द्रावती'लाई ले निर्देशन गरेका छन् भने अभिनयमा श्रीकृष्णसँगै
विपना थापा, रजनी राना, उपेन्द्र तिमल्सीना,जयन्नंद चंद ठाकुर,देशभक्त खनाल,विष्णु भक्त फुंयाल लगायतको अभिनय छ । यो फिल्मलाई बद्री अधिकारीले निर्देशन गरेका छन् ।

