चैत्र २६ मा रिलिजको हल्लाका बीच श्रावण २८ मा रिलिज हुने भनिएको भेट्रान निर्माता छबिराज ओझा निर्मित फिल्म 'किस्मत २' को रिलिज मुनः धकेलिएको छ । फिल्म अब दशैंको छेकोमा असोज २१ मा रिलिज हुने निर्देशक ऋषि लामिछानेले पुष्टि गरे ।
निर्माता छबि, आफु र वितरक कम्पनिको आपसी सहमतिमा फिल्म दशैंमा रिलिज गर्ने निर्णय भएको निर्देशकले सामाजिक सञ्जालमा लेखेका छन् । तर छबिले किन पुनः रिलिज सारे त ? चर्चा र्न योग्य प्रशंग छ ।
श्रावण २६ मा सबिर श्रेष्ठको निर्देशनमा बन्ने भनिएको निखिल उप्रेती स्टारर फिल्म र अर्का पुराना स्टार बिराज भट्ट स्टारर फिल्म समेत रिलिज हुने हल्लाका बीच तीन वटै फिल्म वितरण गर्न लाागेका वितरकहरुबीचको आन्तरिक छलफलपछि छबिको फिल्म २ महिना पर धकेलिएको हो ।
'किस्मत २' दशैंमा रिलिज हुने भनिएसँगै उक्त मितिमा ५ बढि फिल्मले रिलिज तोक्ने पक्का भएको छ । जसले फिल्मकर्मीबीच एक आपसमा अस्वस्थ प्रतिस्पर्धा बढाउनसक्छ । यो फिल्ममा शिल्पा पोखरेल र किशोर खतिवडा लिड रोलमा छन् ।

