Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अर्चनालाई लिएर `जिस्म` बनाएकोमा गिरीको पश्चाताप (भिडियो सहित)

फिल्मीखबर, काठमाडौं, 2016/03/30
निर्माण ईजाजत बिना नै छायाँकनमा गएपछि विवादमा आएको फिल्म 'जिस्म' निर्देशक राजु गिरीले आफुले गल्ती गरेको भन्दै पश्चाताप गरेका छन् । बुधबार राजधानीमा एक प्रेस भेटघाटको आयोजना गर्दै गीरीले बजार तताउनको लागी जानाजान गल्ति गरेको स्विकार गर्दै राज्यले बनाएको नियम तोड्नुलाई आफैले अपराध गरेको भान भएको स्विकार गरे । 
 
 
अनुमति बिना छायाँकनमा गएपछि चलचित्र विकास वोर्डले प्रहरी लगाएर यो फिल्मको छायाँकन स्थलबाट निर्देशक सहित कलाकारहरुलाई नियन्त्रणमा लिएको थियो । स्वघोषित पोर्न स्टार अर्चना पनेरु लिड अभिनयमा रहेको फिल्मलाई लिएर अर्चना अभिनयमा रहेकै कारण देखाउँदै वोर्डले निर्माण ईजाजत दिएको छैन् । 
 
 
तर निर्देशक गिरीले आफुले 'जिस्म'सँग जोडिएका सबै कार्य गरेको मा गल्ति गरेको स्विकार गर्दै अब त्यो प्रकारको गल्ति नगर्ने र नियम कानुनसंगल हिसाबले काम गर्ने बोलेका छन् । उनले 'जिस्म'बाट  फिल्मको नाम नै परिवर्तन गरी 'अर्चना' बनाएको समेत मिडियामाझ जानकारी गराए । 
 
यो सबै गल्ति स्विकार गर्दा तथा आगामी दिनमा यो प्रकारको गल्ति नगर्ने प्रतिबद्धता गर्दैगर्दा विकास वोर्डबाट उल्लेखित स्कृप्टमा नै फिल्म बनाउन अनुमति पाउने आशा गिरीको छ । श्रोतका अनुसार गिरीले गल्ति स्विकार गरेको खण्डमा निर्माणको लागी ईजाजत दिन वोर्ड पनि तयार देखिएको छ ।
 

Most Visited News (monthly)