बैशाख १० बाट प्रदर्शनमा आउन लागको फिल्म 'बाटो मुनिको फूल २' हेर्ने दर्शकलाई निर्माण युनिटले स्कुटर उपहार दिने घोषणा गरेको छ । तर सबै दर्शकलाई भने होईन ।
जातिय छुवाछुतको कथा उठान गरेको यो फिल्म हेर्न पुग्ने अन्तर जातिय विवाह गर्ने जोडीले यो उपहार योजनामा सहभागिता जनाउन सक्नेछन् । जसको लागी अन्तर जातिय विवाह गर्ने जोडीले फिल्म हेर्दा काटेको टिकटको अर्धकट्टी र वैवाहिक सम्बन्धको प्रमाणपत्र फिल्म निर्माण टिमलाई पठाउनुपर्ने हुन्छ ।

आवश्यक काजगात पठाउनेहरु मध्येबाट गोलाप्रथा गरी एक जनालाई स्कुटर उपहार दिईनेछ । प्रस्तुतकर्ता तथा अभिनेता यशकुमारले शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा यो उपहार योजनाको घोषणा गरेका हुन् ।
कार्यक्रममा विजेताले प्राप्त गर्ने स्कुटर समेत सार्वजनिक गरियो । सुवर्ण थापा निर्देशित फिल्ममा यशकुमारसँगै दिपिल रायमाझी, ऋचा शर्मा, अशिष्मा नकर्मी, बाबु बोगटी, रीमा विश्वकर्मा लगायत अभिनयमा छन् ।

