केकी अधिकारी पछिल्लो पुस्ताकी निकै व्यस्त अनि चर्चित अभिनेत्रीमा पर्छिन् । पछिल्लो पटक फिल्म 'लभ सासा' को छायाँकन मा व्यस्त केकी बिहिबार भने प्रदर्शोन्मुख फिल्म 'हाउ फन्नी'को प्रमोशनल कार्यक्रममा भेटिईन् । फिल्मीखबरसँगको गफगाफमा केकी केहि रोमाञ्चित पनि बनिन् ।
पछिल्ला रिलिज दुई फिल्म 'फन्को' र 'भाग् सानी भाग्' मा अन्य फिल्मको हिसाबले केहि फरक अभिनयम देखिएकी केकीको तारिफ राम्रै हुँदा उनले 'हाउ फन्नी'मा पनि आफुले अहिलेसम्मकै फरक अभिनय गरेक बताउँछिन् ।
प्रेमिल जीवनको प्रशंगमा भने केकी फरक रुपमा प्रस्तुत भईन् । 'म अहिलेसम्म सिंगल छु, रिलेशनसिपको अनुभव छैन्, केकीले दाबी गर्दै भनिन्, कसैसँग नाम जोडिएर केहि कुरा बाहिर आयो भने साह्रै दुःख लाग्छ ।'
रिलेशनसिपमा नरहेको बताउने केकीले कसैसँग नाम जोडेर मिडियामा समाचार आयो भने अनि सामाजिक सञ्जालमा यस्तो प्रकारको चर्चा भयो भने फ्यान र परिवारसँग समेत असर पर्ने बोलिन् । प्रेम र बिबाह भनेको कसैले चाहेर नहुने विषय रहेको उनको तर्क छ ।

