अमेरिकामा विभिन्न ठाउँमा हुन लागेको प्रदर्शनीको लागी फिल्म 'प्रेमगीत' लिएर अभिनेता सरोज खनाल अमेरिका उडेका छन् । सानफ्रान्सिस्को तथा टेक्सास लगायतका अमेरिकाका विभिन्न शहरमा हुने प्रदर्शनीमा सहभागी हुनेगरी बिहिबार खनाल अमेरिका प्रस्थान गरे ।
फिल्मीखबरसँगको टेलिफोन संवादमा खनालले 'प्रेमगीत'को अमेरिकाका विभिन्न २१ स्टेशनमा शो हुन लागेको बताए । पहिलो शो सानफ्रान्सिस्कोमा अप्रिल २ मा हुनेछ भने त्यसपश्चात अप्रिल ४ र ६ मा पनि सोही ठाउँका नेपालीमाझ फिल्म प्रदर्शनी हुनेछ ।
उल्लेखित शो हरुला आफुपनि उपस्थित हुने खनालले बताए । बर्षौ लामो अमेरिका बसाईपछि नेपाल फर्केका खनालको कमब्याक स्वरुप 'प्रेमगीत'मा समेटिएको अभिनयलाई धेरैले प्रशंसा गरेका थिए । करिब १ महिनाको भ्रमण तालिका सहित अमेरिका हानिएका खनाल त्यसपछि नेपाल फर्किनेछन् ।
अभिनेता खनालले टेक्सासमा हुने अर्को फिल्म 'नाई नभन्नु ल ४'को विशेष प्रदर्शनीमा समेत आफु सहभागी हुने बताएका छन् । उक्त फिल्ममा पनि खनाल अभिनयमा छन् ।

