पोर्नोग्राफी तथा पोर्न फिल्मलाई कानुनले नै बन्देज लगाएको देश नेपालमा स्वघोषित रुपमा आफुलाई पोर्नस्टार दाबी गर्दै पोर्न फिल्म खेल्ने लक्ष्य बोकेको भन्ने अभिव्यक्ती दिएकी अर्चना पनेरु अहिले चर्चामा छिन् । उनै अर्चनाले पछिल्लो पटक फिल्ममा पनि काम गरिसकिन्, तर त्यो पनि विवादमा आयो ।
अर्चना लिड अभिनयमा रहेर चलचित्र विकास वोर्डको अनुमति बिना नै 'जिस्म' नाममा फिल्म छायाँकन भयो, तर सुटिङमै प्रहरी लगाएर नियम मिचेको भन्दै वोर्डले निर्माण टिम र कलाकारलाई नियन्त्रणमा लिएर छाड्यो । तर निर्माण टिमसँगै अर्चनाले पनि मिडियामाझ आएर आफुहरुले गल्ति गरेको भन्दै माफी मागेका छन् ।
पहिलो पटक सार्वजनिक रुपमा मिडियामा प्रस्तुत भएकी अर्चना केहि रोमाञ्चल पनि देखिईन् । फिल्मक हिरोईन् अनि पोर्न फिल्मको हिरोईन पनि बन्ने आफ्नो लक्ष्य बोलेकी उनले नेपालको कुन हिरो मन पर्छ भन्दा पहिले निखिल उप्रेती मन पर्ने भन्दै अहिले 'प्रेमगीत' फिल्मको हिरो प्रदिप खड्का मनपरेको प्रतिक्रिया दिएकी छिन् ।
अबसर मिलेसम्म प्रदिपसँग अनस्कृन रोमान्स गर्ने लक्ष्य समेत रहेको प्रतिक्रिया उनको छ । त्यस्तै नेपालका कुनै पनि हिरोईन मन पर्ने सुचीमा नरहेको भन्दै हिरोईन को नाम लिँदा पुर्व पोर्न स्टार तथा बलिउड अभिनेत्री सन्नि लियोन आफ्नो 'फेवरेट' महिला कलाकार रहेको प्रतिक्रिया उनको थियो ।

