केहि दृश्य नेपाल छायाँकन गरिएको अक्षयकुमार स्टारर बलिउड फिल्म 'बेबी' अर्का स्टार शाहरुख खानको 'दिलवाले'लाई उछिन्दै २०१५ को उत्कृष्ट एक्शन फिल्म कहलिएको छ ।
दर्शकले गरेको भोटिङको आधारमा 'फुर्लेन्सो बेस्ट एक्शन फिल्म'मा 'बेबी' पहिलो नम्बरमा आएको हो । १०० प्रतिशतमा यो फिल्मले मात्रै करिब ४२ प्रतिशत मत पायो भने 'दिलवाले'ले जम्मा २६ प्रतिशत मत पायो ।
तेश्रो नम्बरमा पनि अक्षयकै फिल्म 'ब्रदर्स' परेको छ । यो फिल्मले पनि १३ प्रतिशत मत पाएको छ ।
हरेक बर्ष विभिन्न विधामा बलिउड फिल्मबीच दर्शकको मत माग्दै प्रतिस्पर्धा गरिन्छ । जहाँ उत्कृष्ट पोस्टरमा भने ब्लकबस्टर फिल्म 'बजरंगी भाईजान' पहिलो नम्बरमा आएको छ ।

