Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

के निखिल फेरी सस्तो बन्दैछन् ?

फिल्मीखबर, काठमाडौं, 2016/04/04
एक समय थियो, स्टार अभिनेता निखिल उप्रेतीको फिल्म हलमा नलागेको हप्ता आउँदैन्थ्यो । तर पछिल्लो ३ ४ बर्ष मुम्बईतिर हराएका निखिल यो बर्ष नै फिल्म 'भैरव' मार्फत नेपाली पर्दामा फर्के । बर्ष २०७१ मा दुई फिल्म रिलिज हुँदा निखिलले दुबैमा आशातित सफलता हात पारे । 
 
तर मुम्बईबाट फर्केपछि उनले उता हराउनुको कारण लगातार फिल्म पर्दामा आउँदा अनि फिल्म खेलेको खेल्यै गर्दा सस्तो भएको बताएका थिए । सँगसँगै अब कम मात्र फिल्म खेल्ने बरु पारिश्रमिक भनेअनुसार पाउँदा बर्षमा २ फिल्म मात्र गर्ने प्रतिबद्धता पनि उनले गरे । 
 
तर समय यतिछिट्टै फेरियो, अनि निखिलको बोली फेरियो कि, निखिलले आफैले बोलेको बचन पुरा गर्न सकेनन् । २० लाख पारिश्रमिक पाउने हो भने बर्षमा  फिल्म मात्र गर्छु भनेका उनले बोले अनुसार ४० लाख पुरा गर्न हो कि के हो, लगातारजसो फिल्म खेल्दैछन् अनि अनुबन्धन भईरहेका छन् । 
 
पछिल्लो महिना 'संरक्षण' सुटिङमा व्यस्त उनि अब 'निर्भय' नामको फिल्म गर्दैछन्, त्यो सकिँदासाथ 'किङ' टाईटलमा सबिर श्रेष्ठको फिल्म गर्ने बचन निखिलले दिईसकेका छन् भने अनुबन्धन समेत भईसकेको चर्चा बजारमा छ । 
 
त्यसो त यो क्रम चलिरहँदा निखिल आफै 'भैरव २' को तयारीमा समेत जुट्दै गरेको श्रोत बताउँछ । भने केहि समय पहिले अमेरिकामा 'भैरव' प्रदर्शनीको लागी उनि पुगेर फर्किँदा अमेरिका र नेपालमा सुटिङ हुने गरी अर्को प्रोजेक्ट समेत गर्ने चर्चा थियो । 
 
यो क्रमलाई मात्र हेर्ने हो भने पनि अर्को बर्ष निखिलका कम्तिमा पनि ४ बढि फिल्म पर्दामा आउनेछन् । तीन फिल्मले र अनटपचारिक रिलिज मिति समेत तय गरिसकेका छन् ।
 
यसो हुँदैगर्दा अनि लगातार एकपछि अर्को फिल्म गर्दा निखिल कतै पुनः सस्तो त बन्दैछैनन् ? एक पटक सस्तो भएको अनुभुती गरेका निखिलले अब के गर्नुपर्छ र के गर्दा करियरले 'स्ट्याण्ड' लिन्छ् त्यो आफै बुझ्ने कुरा हो ।
 
 तर पैसाकै लागी लगातार मन पर्ने स्कृप्ट निखिलको नजर अघि परिरहेको दर्शकले बुझ्नुपर्ने हो भने उनी पुनः सस्तो हिरो भईसके भन्न पनि दर्शकले कन्जुस्याँई गर्नेछैनन् । अनि हिसाब फिल्म पर्दामा आएपछि दर्शकले गर्ने दिन नआउला भन्न सकिन्न ।
Most Visited News (monthly)