म्युजिक भिडियोका चर्चित मोडल पल शाह चैत्र २६ मा रिलिज हुने 'नाई नभन्नु ल ४' मार्फत ठुलोपर्दामा डेब्यू गर्दैछन् । पहिलो फिल्म त्यो माथी हिट सिरिज 'नाई नभन्नु ल' को नामबाट नै उत्साहित पलले 'नाई नभन्नु ल ४' दर्शकले आशा गरेभन्दा पनि राम्रो बनेको दाबी गरेका छन् ।
'ट्रायल शो मा फिल्म हेरियो, एकदमै राम्रो बनेको पाएँ, फिल्मीखबरसँगको भिडियो कुराकानीमा पलले भने, ' सय मा १ सय दश प्रतिशतबढि राम्रो काम फिल्ममा गरेको छु, त्यसको नतिजा पनि राम्रो बन्ने आशा छ, ट्रायल शोले झनै आत्मविश्वास बढाएको छ ।'
निर्देशक विकासराज आचार्यलाई गडफादर बोलेका पलले फिल्ममा सबै 'को- आर्टिस्ट'सँग राम्रो सम्बन्धसहित सबैले आफ्नो आफ्नो ठाउँमा उत्कृष्ट काम गरेको बोले । फिल्ममा पलसँगै आँचल शर्मा, बर्षा राउत, अनुभव रेग्मी, प्रियंका कार्की लगायत लिड अभिनयमा छन् ।

