बलिउडकी चर्चित अभिनेत्री अनुष्का शर्माले स्टार अभिनेता शाहरुख खानसँग काम गर्दै फिल्मी करियरको सुरुवात गरेकी थिईन् । त्यसपश्चात दोश्रो पटकपनि शाहरुखसँग काम गरिसकेकी अनुष्काले पुनः सँगै काम गर्ने पक्का भएको छ ।
ईम्तियाज अलीको नयाँ प्रोजेक्टमा शाहरुख र अनुष्काको जोडी जम्ने निश्चित भएको बताईएको छ । 'रब ने बना दी जोडी' र 'कब तक है जान' फिल्ममा यो जोडी हिट बनेको थियो । ईम्तियाजको नयाँ प्रोजेक्टमा शाहरुख सिखको रोलमा हुने बताईएको छ ।
कमेडी प्रोजेक्ट भनिएको यो फिल्म बर्ष २०१६ मै बन्ने बताईएको छ । फिल्मको नाम छिट्टै सार्वजनिक हुने बताईएको छ । अहिले भने अनुष्का र शाहरुख आफ्नै-आफ्नै फिल्मको सुटिङमा व्यस्त छन् ।

