पति श्रीकृष्ण श्रेष्ठ दिवंगत भएपछि शोकमा देखिएकी अभिनेत्री श्वेता खड्काको मुहारमा बिस्तारै चमक देखिएको छ । सायद पीडा बिर्सेर खुशी खोज्दैछ श्वेताको मनले । आइतबार फिल्म 'के म तिम्रो होईन र' को कार्यक्रममा उपस्थित हुँदा श्वेताको अनुहारमा चमकता देखिन्थ्यो ।

आफैले आफुमा मुस्कान पाएको खुशी व्यक्त गरेकी श्वेताले पति श्रीकृष्ण श्रेष्ठलाई सम्झिँदै पछिल्लो फिल्म 'कोहिनुर' बन्दाको समयमा नै माथी उल्लेखित टाईटलमा फिल्म बनाउने चाहना श्रीको भएको भन्दै त्यो चाहना पुरा गरेकोमा निर्देशक आकाश अधिकारीलाई धन्यवाद पनि बोलिन् ।
पछिल्लो एक बर्षमा आफु पीडामा रहेको भन्दै फिल्म खेल्न र बनाउनको लागी मनले नआँटेको भन्दै अब भने फिल्मको लागी आफु पुर्णतः तयार भएको आशय उनको बोलिमा थियो । श्वेताले दर्शक र मिडियाकै कारण आफु श्वेता बनेको भन्दै त्यो प्रकारको साथ र माया सधैं पाईरहने आशा पनि व्यक्त गरिन् ।