Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अभिभावक बिना वालवालिकाले ‘राम प्यारी’ हेर्न नपाउने

फिल्मीखबर, काठमाडौं, 2016/04/04
रेखा थापाको फिल्म ‘राम प्यारी’ सेन्सर पास भएको छ । महिला टेम्पु चालकको कथामा आधारित यो फिल्मलाई सेन्सर वोर्डले पिजी प्रमाण पत्र उपलब्ध गराएको छ । 
 
फिल्ममा समावेश द्धन्द्धका दृश्यलाई मध्यनजर गर्दै ‘राम प्यारी’ ले सेन्सरबाट पिजी प्रमाण पत्र पाएको निर्देशक सविर श्रेष्ठले बताए । पिजी प्रमाण पत्र प्राप्त फिल्म हेर्ने १६ वर्ष मुनिका दर्शक अभिभावकको साथमा हल जानु पर्ने सेन्सरको नियम छ । 
 
यता निर्मात्री तथा नायिका रेखा थापाले सेन्सर सदस्यहरुले ‘राम प्यारी’ लाई रुचाएको बताइन् । प्रदर्शन मिति नजिकिदै गर्दा फिल्म प्रचार प्रसारको दौड धुपमा रहेकी रेखाले भनिन्, ‘सेन्सरबाट सुखद प्रतिक्रिया मिलेको छ । यसलाई मैंले सुखद् सुरुवातको रुपमा लिएको छु । 
 
दर्शकलाई फिल्मले भरपूर मनोरञ्जन दिनेछ ।’ उसो त रेखा निर्मित यसअघिका फिल्महरु ‘काली’ र ‘हिम्मतवाली’ ले पनि सेन्सरबाट पिजी प्रमाण पत्र पाएका थिए । तेश्रो फिल्मले पनि सोही प्रमाण पत्र पाउनुको संयोगलाई जोड्दै रेखाले भनिन्, ‘सायद पिजी प्रमाण पत्र मेरो लागि लक्की हो । दुई फिल्मपछि ‘राम प्यारी’ पनि लक्की सावित भएको छ ।’
 
यही आउँदो शुक्रबार चैत २६ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘राम प्यारी’ मा रेखासँगै नायक सविन श्रेष्ठ, नायिका आश्मा डिसी र नव नायक आभाष अधिकारीको मुख्य भूमिका रहेको छ । जगदिश्वर थापाको लेखन रहेको फिल्ममा शिव ढकालको छायाँकन, रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन अनि रामजी लामिछानको कोरियोग्राफी रहेको छ । 
 
Most Visited News (monthly)