Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एटिएम हिरोईनको 'दि फेमस' रिलिज मिति तय

फिल्मीखबर, काठमाडौं, 2016/04/21
सविना कार्की विवादास्पद फिल्म 'एटिएम' बाट चर्चामा आईन् । भल्गर कुरालाई बढि प्राथमिकता दिईएको उक्त फिल्म छायाँकनदेखि प्रदर्शनको समय सम्मै विवादमा पर्यो । तर फिल्मको चाम सकिएपछि हिरोईनको पनि चाम सकियो । 
 
यो बीचमा उनका आधा दर्जनजति फिल्म आए तर कुनै पनि चलेनन् । अब भने उनले केहि आशा गरिएको फिल्म 'दि फेमस' प्रदर्शन हुने पक्का भएको छ । फिल्मलाई वितरक सुनिल मानन्धरले आगामी कार्तिक १२ मा प्रदर्शन हुनेगरी उपत्यका प्रदर्शनको अधिकार बुधबार लिएका छन् ।
 
 
सञ्चारकर्मी समेत रहेका समिर बलामीको निर्देशन रहेको यो फिल्ममा सविनासँगै सुरविजैन बिष्ट, प्रमोद खड्का, सुमन थापा, सोनिया जिआर, रश्मि भट्ट, सुरेश चौधरी र प्रभात बलामीको अभिनय छ ।
 
यो फिल्मलाई उपत्यका बाहिर एफडी कम्पनिले वितरण गर्ने निर्देशक बलामीले बताए । यो फिल्मको एक गीत भने सार्वजनिक भईसकेको छ । सम्पुर्ण दृश्य एनिमेशन गरिएको उक्त गीतमा सविनासँगै सुरवीजैन लगायत फिचरिङमा छन् । बलामी फिल्मस् ईन्टरटेन्मेन्टको व्यानरमा बनेको यो फिल्ममा लगानी भने अनिल महर्जनको छ । दरस्य एनिमेशन मधुकर बलामीले गरेका छन् ।
Most Visited News (monthly)