असार १० गतेबाट देशभर रिलिज हुने भनिएको फिल्म 'लुकामारी'को गीत सार्वजनिक गरिएको छ । सार्वजनिक 'काठमाण्डौमा' बोलको गीतमा धमेन्द्र सेवानको आवाज छ ।
विकास सिलवाल र विमल गौतमको शब्द, विकास सिलवालको संगीत रहेको यो गीतले काठमाण्डौको वर्तमान अवस्थालाई चित्रित गरेको छ ।
ग्लेज इन्टरटेमेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मलाई सुरजमान सिंह भण्डारीले निर्माण गरेका हुन् । फिल्ममा सौगात मल्ल, रिस्ता बस्नेत, सुरविना कार्की, कर्मा, विक्रम सिंह थारुको मुख्य भूमिका छ । श्रीराम दाहालले फिल्मलाई निर्देशन गरेका हुन् ।
हेर्नुहोस गीतः

