अभिनेत्री सुभेच्छा थापा निर्देशक राजु गिरीकी खल्तीकी नायिकामा पर्छिन् । यो कुरा सबैलाई अबगत नै छ । तर पछिल्लो विवादित फिल्म 'जिस्म'मा गिरीले सुभेच्छा छाडेर स्वघोषित पोर्न स्टार अर्चना पनेरु रोजे ।
यति हुँदैगर्दा सुभेच्छा तनाबमा पक्का छिन् । तर उनले आफु पनि 'जिस्म'मा अटाउन दबाब दिएपछि गिरीले केहि दृश्य थप गर्दै अर्चनाकी आमा खेल्ने भनिएकोमा सुभेच्छालाई अवसर दिँदा 'जिस्म' भित्र विवाद चुलिएको छ । जसको परिणाम स्वरुप लिड कलाकारमा रहेकी पनेरुले सुटिङ नै रोकि दिएकी छिन् ।
४ वटा मात्रै दृश्यमा देखिने भन्दै सुभेच्छालाई अबसर दिईएकोमा गिरीले १५ भन्दा बढि दृश्य उनको पोल्टामा पारिदिएपछि आक्रोशित पनेरुले ती सबै दृश्य हटाउन माग गर्दै सुटिङ नै अबरुद्ध पारेको श्रोत बताउँछ ।
अधिकारको हिसाबले हेर्ने हो भने फिल्म निर्देशकको हो, जहाँ निर्देशकले जे चाह्यो त्यो हुन्छ, तर पनेरुको अघि गिरी फेल भएपछि उनकै पक्षमा कागजी निर्णय गर्दै खिचिएका दृश्य समेत हटाउने सहमती समेत गरेको श्रोत बताउँछ । जहाँ फिल्मको पोस्टरमा समेत उनी एक्लै हुने समेत सहमति भएको छ । यशपश्चात फिल्मको सुटिङ सुचारु भएको थियो ।
निर्माण ईजाजत विना नै छायाँकनमा गएपछि 'जिस्म' टिम विवादमा तानिएपछि दुई हप्ता पहिले मात्रै त्यो विवाद साम्य भएको थियो । अब भने यो फिल्मको करिब करिब छायाँकन सकिएको छ र एउटा गीत मात्रै छायाँकन हुन बाँकी छ ।
फिल्मलाई असार ३१ मा प्रदर्शनमा ल्याउने निर्णय निर्देशक गिरीले यसअघि नै गरिसकेका छन् । अनेकन विवादमा तानिएको यो फिल्मलाई लाखौं रुपैयाँ दिएर वितरणको जिम्मा सुनिल मानन्धरले आफ्नो पोल्टामा पारिसकेका छन् ।

