Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

'हाउ फन्नी'को एउटै संवाद, जसले निकाल्यो आर्यनमा हाँसोको फोहरा

फिल्मीखबर, काठमाडौं, 2016/04/21
'हाउ फन्नी' नाम मै कमेडी । शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको यो फिल्मको बुधबार राजधामीमा प्रिमियर गरियो । प्रिमियरमा फिल्म हेर्न फिल्म उद्योगका केहि नाम चलेका कलाकर्मी अनि सञ्चारकर्मीहरु उपस्थित भए । 
 
जब फिल्म सुरु भयो । १० मिनेट जति फिल्म जल्दा एउटा यस्तो संवाद पर्दामा अभिनेत्री प्रियंका कार्कीले बोलिन्, जुन संवादका कारण अभिनेता आर्यन सिग्देलले हाँसो थाम्न सकेनन् । 
 
त्यसै त कमेडी फ्लेभरको यो फिल्ममा हाँसोको लागी अन्य धेरै मसला हुँदा पनि उक्त डयलगले आर्यनलाई यस्तो छोएछ कि, उनले २/३ मिनेट सम्म हाँसो थाम्न सकेनन् । आर्यन हाँसेको हाँसेई भएपछि उपस्थित अन्य दर्शकले पनि नजर आर्यनतिरै लक्षित गरे । 
 
आर्यनलाई घत परेको अनि मनमा छोएको डायल थियो, 'प्रियंका कार्कीले बोलेको ठुटे अंग्रेजी भाषा । '  केहि बर्ष पहिले राजधानीमा सम्पन्न एक अवार्ड समारोहमा डेब्यू अभिनेत्रीको अवार्ड पाएपछि सुमिना घिमिरेले मञ्चमा बोलेको अंग्रेजी भाषा निकै हाँसोको विषय बन्यो अनि जोक्स पनि । उक्त समारोहमा आर्यन पनि साँची थिए ।
 
सुमिनाको सोही संवादलाई कपिक्याट गर्दै फिल्मको बगिरहेको संवादमा मिसिएको 'माइ फादर', माई मदर', माई सिस्टर' जस्ता शब्द सहितको 'हाउ फन्नी'मा सान बस्न्यातले लेखेको संवाद प्रियंकाले बोल्दा आर्यनले त्यो पल बिर्सिन नसकेको हुनपर्छ । त्यसैले आर्यनको मनमा त्यो ठुटे अंग्रेजी बसिरहेको हुनसक्छ । 
 
निलु डोमा शेर्पा निर्देशित फिल्ममा प्रियंका कार्की, दयाहाङ राई, केकी अधिकारी, निशा अधिकारी। अनुपबिक्रम शाही लिड रोलमा छन् ।
Most Visited News (monthly)